चीन-अफ्रिका सहयोग प्रारुपले अफ्रिकी मुलुकहरूका लागि मूल्यवान विकास मौका उपलब्ध गराएको छ- नाइजेरियाका विदेशमन्त्री टुगार
2024-07-05 09:00:02cri
Share with:

 

हाल चीनको भ्रमणमा रहनुभएका नाइजेरियाका विदेश मन्त्री युसुफ माइटामा टुगारले चाइना मिडिया ग्रुपका पत्रकारलाई विशेष अन्तर्वार्ता दिँदै चीन-अफ्रिका सहयोग मञ्च र “बेल्ट एण्ड रोड” सहयोगको प्रतिनिधित्वमा रहेको चीन-अफ्रिका सहयोग प्रारुपले नाइजेरियालगायतका अफ्रिकी मुलुकहरूका लागि मूल्यवान विकास मौका उपलब्ध गराएको बताउनुभयो।

नाइजेरिया “बेल्ट एण्ड रोड ”को साझा निर्माणको महत्वपूर्ण अफ्रिकी मुलुक हो र अफ्रिकामा चीनको महत्वपूर्ण व्यापारिक साझेदार हो।

टुगारले नाइजेरियाले चीनसँग चीन-अफ्रिका सहयोगात्मक परियोजनामातहत रेलमार्ग, राजमार्ग, प्राकृतिक ग्याँसको पाइपलाइन, बिजुलीलगायतका धेरै क्षेत्रहरूको सहयोगलाई संयुक्त रुपमा अगाडि बढाउँदैआएको बताउनुभयो। चीनले नाइजेरियाको आधारभूत प्रबन्धको निर्माणमा लगाएको लगानीले स्थानीय वासिन्दाको रोजगार प्रभावकारी रुपमा प्रवर्द्धन गरेको तथा नाइजेरिया लाभान्वित भएको पनि उहाँले औँल्याउनुभयो।

टुगारले नाइजेरिया र चीन यी दुवै विकासोन्मुख मुलुक भएको र चीनले सफलताका साथ ठूलो जनसंख्यालाई गरिबीबाट मुक्त गरी मध्यम वर्गमा प्रवेश गराएको कुरा अफ्रिकाका विभिन्न मुलुकको सपना र लक्ष्य भएको बताउनुभयो।

धेरै वर्षसम्मको सुधार र विकासपछि चीनको अप्टिकल फाइबर केबल, बिजुली प्रसारण लाइन, प्राकृतिक ग्याँस पाइपलाइन, राजमार्ग, रेलमार्गको आधारभूत प्रबन्ध पूर्ण भएको छ। यी सबै अफ्रिकी मुलुकहरूले चाहेका वस्तुहरू हुन्। कच्चा-पदार्थ मात्र नभई अफ्रिकाले ठूलो परिमाणको लगानीमार्फत तयारी वस्तुको निर्यात बढाउन खोजेको छ। चीनले ती समस्याहरूको समाधानका लागि मद्दत दिने आशा लिएको र अफ्रिकामा सक्रियताका साथ लगानी लगाएको छ। चीनले व्यवहारिक कारवाहीमार्फत अफ्रिकाको समर्थन दिएको छ।

टुगारले भन्नुभएअनुसार, नाइजेरियाले चीनसँग नयाँ ऊर्जा स्रोत मोटर गाडी र डिजिटल अर्थतन्त्रको सहकार्यलाई विस्तार गर्दैआएको छ। नयाँ ऊर्जा स्रोत मोटर गाडी भावी विकास प्रवृत्तिको प्रतिनिधित्व गर्छ। टुगारले चिनियाँ उद्योग-व्यवसायको संलग्नतामा नाइजेरियाको लिथियम ब्याट्री व्यवसायको उत्पादन क्षमताको तीव्र रुपमा निर्माण भइरहेको छ। भविष्यमा दुई मुलुकले इलेक्ट्रिक मोटर गाडीको उत्पादनआदि क्षेत्रहरूमा सहयोग गर्ने छन्।

“बेल्ट एण्ड रोड” प्रस्ताव र चीन-अफ्रिका सहयोग मञ्च जनता-जनताबीचको आदान-प्रदान हुन्। टुगारले नाइजेरियाली जनताहरू लामो समयअघि चिनियाँ सँस्कृतिको सम्पर्कमा आएका र उनीहरू चिनियाँ चलचित्रका पङ्क्तिहरूलाई अनुवाद गर्नसक्ने भएका पनि बताउनुभयो। नाइजेरियाले चलचित्र क्षेत्रमा चीनसँगको सहयोगलाई सलब पार्ने आशा लिएको पनि उहाँले बताउनुभयो।

आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईको विकासबारे चर्चा गर्दै टुगारले नाइजेरियामा उत्कृष्ट युवा प्राविधिकहरू भएको बताउँदै एआई क्षेत्रमा नाइजेरिया र चीनको सहयोगको ठूलो निहित शक्ति रहेको औँल्याउनुभयो। यसका साथै उहाँले दुई मुलुकले साँस्कृतिक आदान-प्रदान, शिक्षा, सामाजिक सेवा, वरिष्ठ व्यक्तिको तालिमआदि क्षेत्रहरूमा व्यापक सहकार्य गर्नसक्ने अपेक्षा व्यक्त गर्नुभयो।