चिनियाँ राष्ट्राध्यक्ष सी र टर्कीका राष्ट्रपति एर्दोआन बीच भेटवार्ता
2024-07-05 09:55:29CRI
Share with:

स्थानीय समयअनुसार जुलाई ४ तारिख दिउँसो, अस्तानामा आयोजित शाङहाई सहयोग संगठनको शिखर सम्मेलनका क्रममा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआनबीच भेटवार्ता भएको छ।

सो अवसरमा चिनियाँ राष्ट्राध्यक्ष सीले आपसी सम्बन्धबारे चर्चा गर्दै भन्नुभयोः चीन र टर्की बीचको सम्बन्धको विकास गतिलाई निरन्तर कायम राखेका छौँ। दुवै पक्षले आ-आफ्नो मुख्य हितको संरक्षण गर्दै उच्चस्तरीय पारस्परिक लाभकारी सहयोगलाई बढाउनुका साथै चीन-टर्की रणनीतिक सहयोगात्मक सम्बन्धको बृहत्तर विकासलाई मजबुद गर्नको लागि एकअर्कालाई सहयोग गर्नु आवश्यक छ।

उहाँले अन्तर्राष्ट्रिय विषयबारे उल्लेख गर्दै भन्नुभयोः प्यालेस्टाइन-इजरायल द्वन्द्व र युक्रेन संकटजस्ता विषयमा चीन र टर्की बीच धेरै समानता वा समान धारणा रहेको छ। संयुक्त राष्ट्रसंघ र जी-२० जस्ता बहुपक्षीय प्रारुपमा टर्कीसँग समन्वय र सहयोगलाई मजबुत बनाउन चीन तयार छ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआनले पारस्परिक सम्बन्धबारे चर्चा गर्दै भन्नुभयोः टर्कीले चीनसँगको सम्बन्धको विकास गर्न र चीनको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्ने कुरामा ठूलो महत्व दिएको छ। दुवै पक्षले बेल्ट एण्ड रोड अवधारणा र टर्कीको विकास रणनीति बीचको तालमेललाई अझ बलियो बनाउँदै अर्थव्यवस्था र व्यापार, पूर्वाधार र स्वच्छ ऊर्जाको क्षेत्रमा हुने सहयोगलाई विस्तार गर्ने आशा टर्कीले लिएको छ।

टर्कीले विश्व शान्ति प्रवर्द्धनमा चीनको महत्वपूर्ण योगदानको सराहना गर्दछ र चीनसँग बहुपक्षीय सम्पर्क र सहयोगलाई सुदृढ पार्ने आशा लिएको छ, उहाँले भन्नुभयो।