चिनियाँ राष्ट्राध्यक्ष सी र बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोबीच भेटवार्ता
2024-07-05 09:57:31CRI
Share with:

स्थानीय समयअनुसार जुलाई ४ तारिख दिउँसो, अस्तानामा आयोजित शाङहाई सहयोग संगठनको शिखर सम्मेलनका क्रममा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोसँग भेटवार्ता गर्नुभएको छ।

भेटवार्तामा चिनियाँ राष्ट्राध्यक्ष सीले उल्लेख गर्दै भन्नुभयोः बेलारुसलाई शाङहाई सहयोग संगठनको सदस्य बनेकोमा बधाई छ। हामीलाई विश्वास छ कि दुवै पक्षको संयुक्त प्रयासमा चीन र बेलारुस बीचको सम्बन्ध स्वस्थ रहने छ र ठूलो फड्को मार्दै जाने छ।

बेलारुसका राष्ट्रपति लुकाशेन्कोले शाङहाई सहयोग संगठन (एससीओ) मा बेलारुसको औपचारिक प्रवेशका लागि चीनले समर्थन गरेकोमा धन्यवाद व्यक्त गर्नुभएको छ। साथै उहाँले चीनलाई एससीओको वर्तमान अध्यक्ष मुलुक बनेकोमा बधाई पनि दिनुभयो। बेलारुस र चीनबीच हुने द्विपक्षीय र बहुपक्षीय सहयोगलाई थप मजबुत बनाउन तत्पर रहेको अडान पनि उहाँले लिनुभयो।