चिनियाँ राष्ट्राध्यक्षद्वारा ताजिकिस्तानको सञ्चार माध्यममा हस्ताक्षरसहितको लेख सार्वजनिक
2024-07-05 17:00:42cri
Share with:

जुलाई ५ तारिख ताजिकिस्तानको राजकीय भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले ताजिकिस्तानको जनता दैनिक अखवारहावलराष्ट्रिय सञ्चार समितिमा चीन-ताजिकिस्तानबीच सम्बन्धको सुन्दर भविष्यभन्ने शीर्षकमा हस्ताक्षरसहितको लेख सार्वजनिक गर्नुभएको छ।

 

उहाँका अनुसार चीन र ताजिकिस्तान पहाड तथा जल मिलेर साझा भाग्य भएका राष्ट्रहरु हुन्। पुरानो रेश्मी मार्गले यी दुबै राष्ट्रका जनताबीचको दुई हजार वर्षभन्दा लामो मित्रतालाई साक्षी गरेका छन्।

३२ वर्षअघि चीन र ताजिकिस्तानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको थियो जसले यी दुबै मुलुकबीचको मित्रताको नयाँ अध्याय खोलेको थियो। ३२ वर्षयता यी दुबै मुलुकबीचको सम्बन्ध छिमेकी मित्रताबाट रणनीतिक साझेदारीसम्म पार गरी चौतर्फी रणनीतिक साझेदारी सम्बन्धसम्मको ऐतिहासिक छलाङसम्म विकसित भएको देखिन्छ।

हाल चीन र ताजिकिस्तान सबै राष्ट्रिय विकास पुनरुत्थानको महत्वपूर्ण चरणमा बसेका छन्। यस ताजिकस्तानको भ्रमणमार्फत राष्ट्रपति राहमोनसँग सहयोग सम्बन्धी ठूलो परियोजनाका लागि छलफल गर्दै यी दुबै पक्षबीचको सम्बन्धलाई नयाँ उचाईँमा पुर्याउन प्रवर्द्धन गर्ने आशा राष्ट्राध्यक्ष सीले गर्नुभएको छ।