चौथो चीनको तिब्बत 'ट्रान्स हिमालयन' अन्तर्राष्ट्रिय सहयोग मञ्च आयोजित
2024-07-05 11:49:42CRI
Share with:

जुलाई ३ देखि ५ तारिखसम्म चीनको तिब्बत स्वायत्त प्रदेशीय निङ्ची शहरमा चौथो चीन तिब्बत ट्रान्स हिमालयन अन्तर्राष्ट्रिय सहयोग मञ्च आयोजना भएको छ। उक्त मञ्चको स्थल लुलाङ अन्तर्राष्ट्रिय पर्यटन क्षेत्र देखेर मञ्चमा सहभागी विदेशी पाहुनाहरुले उच्च मूल्याङ्कन गरेका छन्।

"मानव र प्रकृतिबीच सौहार्दपूर्ण सहअस्तित्व र विकास तथा सहयोगका फलहरू बाँड्ने" भन्ने मूल नारा रहेको उक्त मञ्चबाट विश्वका १० भन्दा बढी देश र क्षेत्रका १३० भन्दा बढी अतिथिहरूलाई आमन्त्रण गरिएको छ। उहाँहरुले वातावरणीय र पर्यावरणीय संरक्षण, सांस्कृतिक संरक्षण, पर्यटन विकास लगायतका विषयहरुमा गहन आदानप्रदान गर्नुभएको छ।

यसअघि उक्त मञ्च क्रमशः सन् २०१८, २०१९ र २०२३ मा निङ्चीमा आयोजना गरिएको थियो। चीनले "विश्वको छानो" लगायत पृथ्वी हाम्रो घरबारको संरक्षणका लागि विभिन्न पक्षहरूसँग काम गर्दै पर्यावरणीय संचालनको सुधार, हरित विकासको बढावा र सभ्यताहरू बीच  आदानप्रदानलाई गहन बनाउने व्यापक अन्तर्राष्ट्रिय सहयोग गर्ने इच्छा लिएको छ।