सी चिनफिङ र ताजकिस्तानका राष्ट्रपति इमोमाली संयुक्त पत्रकार भेटघाटमा
2024-07-06 16:58:28cri
Share with:

स्थानीय समयअनुसार जुलाई ५ तारिख दिउँसो चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र ताजकिस्तानका राष्ट्रपति इमोमाली राहमोनले दुशान्बेस्थित राष्ट्रपति भवनमा संयुक्त रूपमा पत्रकारहरूसँग भेटवार्ता गर्नुभयो।

 

सी चिनफिङले पाँच वर्षअघि ताजिकिस्तानको पहिलो राजकीय भ्रमणको क्रममा चीन र ताजिकिस्तानका जनताबीचको चीरस्थायी भाइचाराको अनुभव गरेको बताउनुभयो।

 

चीन-ताजिकिस्तान सम्बन्धको विकासमा राष्ट्रपति इमोमाली रहमोनले गरेको उल्लेखनीय योगदानको कदरस्वरुप राष्ट्रपति इमोमाली रहमोनलाई जन गणतन्त्र चीनको "मित्रता पदक" प्रदान गरिएको पनि सीले बताउनुभयो। चीनले विदेशमा पदक वितरण समारोह आयोजना गरेको यो पहिलो पटक हो, जसले राष्ट्रपति इमोमाली रहमोन र ताजिकिस्तानका सम्पूर्ण जनतासँग चिनियाँ जनताको गहिरो मित्रतालाई पूर्ण रूपमा झल्काउँछ।

 

सी चिनफिङले दुवै पक्षले सधैं मैत्रीपूर्ण र पारस्परिक लाभकारी सहयोगलाई दृढताका साथ प्रवर्द्धन गर्ने, आफ्नो राष्ट्रिय परिस्थिति अनुरूप विकासको बाटोमा अघि बढ्न र आ-आफ्नो राष्ट्रिय सार्वभौमसत्ता, स्वाधीनता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने कुरामा जोड दिनुभयो। उहाँले भन्नुभयो, दुवै पक्षलेबेल्ट एण्ड रोड” इनिसिएटिभमा उच्च गुणस्तरीय सहयोगमा ध्यान केन्द्रित गर्न, दुई देशको विकास रणनीतिको डकिङलाई व्यापक रूपमा प्रवर्द्धन गर्न र आ-आफ्नो आधुनिकीकरण निर्माणलाई समर्थन गर्न सहमत भएका छन्।”

 

दुवै पक्षले चीन-मध्य एसिया सहयोगका उपलब्धिहरूको उच्च रूपमा कुरा गरे। सत्य र व्यावहारिकताको सिद्धान्तलाई कायम राख्न चीन-मध्य एशिया संयन्त्रलाई निरन्तर सुधार र सुदृढ गर्न उनीहरू इच्छुक छन्।

 

इमोमाली रहमोनले राष्ट्राध्यक्ष सी चिनफिङको ताजिकिस्तानको राजकीय भ्रमण ताजिकिस्तान-चीन सम्बन्धको इतिहासमा एउटा महत्वपूर्ण कोसेढुङ्गा भएको र यसले नयाँ युगमा ताजिकिस्तान-चीन व्यापक रणनीतिक सहकारी साझेदारीको विकासमा बलियो नयाँ प्रेरणा दिने बताउनुभयो।