सी चिनफिङको मध्य एशिया भ्रमणबारे वाङ यीद्वारा जानकारी
2024-07-06 20:10:14cri
Share with:

सन् २०२४ को जुलाइ २ देखि ६ तारिखसम्म चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अस्तानामा योजित शाङहाइ सहयोग संगठन सदस्य मुलुकका राष्ट्रनायक परिषदको २४औँ सम्मेलनमा उपस्थित हुनुका साथै कजाकिस्तान, ताजिकिस्तानको राजकीय भ्रमण गर्नुभएको छ। भ्रमण कार्यक्रम सकिएपछि चीनका परराष्ट्रमन्त्री वाङ यीले पत्रकारसँग त्यसबारे जानकारी दिनुभएको छ।

 

वाङ यीले राष्ट्राध्यक्ष सी चिनफिङको मध्य एशिया भ्रमणबाट विश्व स्थिति परिवर्तनका क्रममा शाङहाइ सहयोग संगठनको महत्वपूर्ण भूमिकाला बलियो रूपमा उकासिनुका साथै दिनदिनै बढ्दैएको चीनको अन्तर्राष्ट्रिय स्थान र प्रभाव पूर्ण रूपमा प्रतिबिम्बित भएको व्यक्त गर्नुभयो। राष्ट्राध्यक्ष सी चिनफिङले भविष्यमा शाङहाइ सहयोग संगठनको विकासला रणनीतिक नेतृत्व गरेबाट ठूलो मुलुकका ठूलो पार्टीका नेतृत्व शैली र उच्च प्रतिष्ठा देखाइएको पनि वाङ यीले बताउनुभयो।

 

वाङ यीका अनुसार, सी चिनफिङको भ्रमण कार्यक्रमबाट “शाङहाइ भावना” प्रचार गरी शाङहाइ सहयोग संगठन विकासको नयाँ छलाङ मारिएको छ, युगँयुग मित्रताला उत्तराधिकार गरी चीन-कजाकिस्तान भाग्य समुदायला समृद्धि ल्याइएको छ, दु:ख-दुःख बाँडफाँड गरी चीन-ताजिकिस्तान सम्बन्धको नयाँ स्थिति स्थापित गर्न प्रवर्द्धन गरिएको छ, रणनीतिक संचार बढाएर विश्व शान्तिला नयाँ वृद्धि प्रवर्द्धन गरिएको छ।