राष्ट्राध्यक्ष सी चिनफिङद्वारा शाङहाई सहयोग संगठन राष्ट्रहरूको हरित विकास मञ्चलाई बधाई पत्र
2024-07-08 11:16:16CRI
Share with:

जुलाई ८ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले शाङहाई सहयोग संगठन राष्ट्रहरूको हरित विकास मञ्चलाई बधाई पत्र पठाउनुभएको छ।

 

पर्यावरणीय वातावरणको संरक्षण गर्नु र हरित विकासलाई प्रवर्द्धन गर्नु नै शाङहाई सहयोग संगठन राष्ट्रहरूको मतैक्य रहेको राष्ट्राध्यक्ष सीले आफ्नो पत्रमा औँल्याउनुभएको छ। विभिन्न पक्षहरूसँगै मिलेर शाङहाई भावनाको प्रचार प्रसार गर्दै एकताबद्धता र सहकार्यलाई सबल पारी हरित विकासलाई अघि बढाएर साझा विकासको नयाँ अध्याय लेख्नुका साथै हातमा हात मिलाउँदै अझ घनिष्ट शाङहाई सहयोग संगठनको भाग्य एकरूपताको निर्माण गर्दै जान चीन इच्छुक रहेको कुरामा पनि उहाँले जोड दिनुभएको छ।

 

शाङहाई सहयोग संगठन राष्ट्रहरूको हरित विकास मञ्च ८ तारिख शान तोङ प्रान्तको छिङ ताउ शहरमा आयोजना गरिएको छ। हरित विकासको आधारमा मानव तथा प्रकृति बीचको मेलमिलापलाई प्रवर्द्धन गर्ने भन्ने सो मञ्चको मुख्य नारा रहेको छ। जुन मञ्च शाङहाई सहयोग संगठन छिमेकीपना मैत्रीपूर्ण सहयोग परिषद्, पर्यावरणीय वातावरण विभाग, शान तोङ प्रान्तीय जन सरकार र शाङहाई सहयोग संगठनको सचिवालयको संयोजकत्वमा आयोजना गरिएको हो।