चीनका राष्ट्राध्यक्ष र हंगेरीका प्रधानमन्त्री बीचको वार्ता
2024-07-08 16:36:25CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जुलाई ८ तारिख विहान पैचिङमा हंगेरीका प्रधानमन्त्री ओर्वान भिक्टोरसँग भेट-वार्ता गर्नुभएको छ।

भेटवार्तामा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले भन्नुभयो, २ महिनाअघि म हंगेरीको राजकीय भ्रमण गर्दा हामीले दुई देशको सम्बन्ध नयाँ कालमा सदाबहार र चौतर्फी रणनीतिक साझेदारी सम्बन्धसम्म उकास्ने घोषणा गर्यौँ। जसले चालु वर्ष दुई देशबीच दौत्य सम्बन्ध स्थापना भएको ७५ औँ वार्षिकोत्सवका लागि नयाँ ऐतिहासिक अर्थ थप्नुका साथै सम्बन्धको उच्च स्तरीय विकासमा बलियो शक्ति पनि थपेको छ। आगामी साता चिनियाँ कम्युनिष्ट पार्टीको बीसौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक पैचिङमा सुरू हुनेछ। चीनले सुधारको चौतर्फी गहन पार्नुका साथै उच्च गुणस्तरीय विकास र उच्च स्तरीय खुलापनलाई निरन्तर रूपमा अगाडि बढाउनेछ। जसले चीन र हंगेरीको सहकार्यलाई नयाँ अवसर र नयाँ शक्ति दिनेछ।

हंगेरी युरोपेली संघको वर्तमान अध्यक्ष मुलुक नियुक्त भएकोमा राष्ट्राध्यक्ष सीले  शुभकामना पनि दिनुभएको छ। उहाँका अनुसार, चीन र युरोप सम्बन्धसँग रणनीतिक अर्थ र विश्वव्यापी प्रभाव भएकाले स्थिर र स्वस्थ विकास गरेर विश्वको चुनौतीको साझा सामना गर्नुपर्छ। वर्तमान अध्यक्ष मुलुक हंगेरीले चीन र युरोपबीचको स्थिर र स्वस्थ विकासका लागि सक्रिय भूमिका खेल्ने आशा उहाँले गर्नुभएको छ।

प्रधानमन्त्री ओर्वानले उतार चढाव अन्तर्राष्ट्रिय परिस्थितिमा चीनले शान्तिलाई माया गर्ने र धेरै रचनात्मक प्रस्ताव र योगदान प्रस्तुत गरी व्यावहारिक गतिविधिबाट चीन विश्व शान्तिका लागि महत्वपूर्ण र स्थिर शक्ति भएको पुष्टि गरेको बताउनुभयो। हंगेरीले चीनको भूमिका र प्रभावमाथि उच्च प्रशंसा र महत्व दिएको छ। दुई पक्षले युकेन संकटबारे गहिरो रूपमा वैचारिक आदानप्रदान पनि गरेका छन्।