चीनका राष्ट्राध्यक्ष सी चिनफिङको मध्य एशिया भ्रमणमाथि विश्वको उच्च ध्यान
2024-07-08 14:18:09CRI
Share with:

सन् २०२४ जुलाई २ तारिखदेखि ६ तारिखसम्म, चीनका राषट्राध्यक्ष सी चिनफिङ अस्टानामा आयोजित शाङहाई सहयोग संगठनका सदस्य देशहरूको राष्ट्रनायक परिषदको २४औँ गोष्ठीमा सहभागी हुनुभएको छ। साथै कजाकिस्तान र ताजिकिस्तान सरकारको निमन्त्रणामा ती देशहरूको राष्ट्रिय भ्रमण पनि गर्नुभएको छ। यात्राको अन्तमा, चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका राजनैतिक ब्यूरोका सदस्य तथा परराष्ट्र मन्त्री वाङ यीले पत्रकारहरूलाई सो भ्रमणबारे जानकारी दिनुभएको छ।

१- सो भ्रमणबाट “शाङहाई भावना” प्रसार गर्दै शाङहाई सहयोग संगठनको विकास नयाँ उचाइमा पुर्याउन प्रवर्द्धन गरिएको छ। साथै, “शाङहाई भावना” ले सदस्य देशहरूका संयुक्त कार्य योजना बनिसकेको छ।

२- सो भ्रमणले पुस्तौँदेखिको मित्रताको उत्तराधिकारी गर्दै चीन-कजाकिस्तान साझा भविष्य समुदायमा नयाँ अर्थहरू दिइएका छन्। दुई देश बीच कूटनीतिक सम्बन्ध स्थापना भएको ३२ वर्षहरूमा चीन-कजाकिस्तान सम्बन्ध स्थायीरूपमा व्यापक रणनीतिक साझेदार बनिसकेको छ।

३- सो भ्रमणमा चीन-ताजिकिस्तान सम्बन्धको नयाँ विकासको प्रवर्द्धन गरिएको छ। राष्ट्राध्यक्ष सीको भ्रमणले ताजिकिस्तान-चीन नयाँ युगमा व्यापक रणनीतिक साझेदारीको विकासमा नयाँ भविष्य खोलिएको छ।

४- सो भ्रमणमा रणनीतिक छलफल अघि बढाइएको छ र विश्व शान्तिका लागि शक्तिहरू थप भएका छन्। विभिन्न पक्षहरूले विश्वको शान्ति र विकासमा चीनले खेलेको महत्वपूर्ण भूमिकाको उच्च मूल्याङ्कन गरेका छन्।