२३औँ "चिनियाँ पुल" विश्वको विश्वविद्यालयका विद्यार्थीहरुको चिनियाँ भाषा प्रतियोगिता अन्तर्गत जर्मनी क्षेत्रको फाइनल प्रतियोगिता लिपजिगमा आयोजित-१
2024-07-08 09:30:20cri
Share with:

स्थानीय समयअनुसार मे २५ तारिख, चिनियाँ र विदेशी भाषा आदान-प्रदान सहयोग केन्द्र र जर्मनीस्थित चिनियाँ राजदूतावासको सह-आयोजनामा तथा लिपजिग कन्फ्युसियस विद्यालयको व्यवस्थापनमा २३औँ "चिनियाँ पुल" विश्वको विश्वविद्यालयका विद्यार्थीहरुको चिनियाँ भाषा प्रतियोगिता अन्तर्गत जर्मनी क्षेत्रको फाइनल प्रतियोगिता लिपजिगमा सम्पन्न भएको छ। जर्मनीका विश्वविद्यालयका विद्यार्थीहरूले प्रतियोगितामा आफ्ना चिनियाँ भाषाको स्तर र चिनियाँ संस्कृतिको जानकारी र माया प्रदर्शन गरे।

 

जर्मनीस्थित चिनियाँ राजदूतकी श्रीमती कन्स्युलर को चिन छिउले उद्घाटन समारोहलाई सम्बोधन गर्दै चिनियाँ भाषा र चिनियाँ अक्षर प्राचीन, सुन्दर र बहुआयामिक रहेको भन्दै यति धेरै विद्यार्थीहरूले यो अनन्त आकर्षणले भरिएको संयुक्त राष्ट्र संघको आधिकारिक भाषा सिक्न छनौट गरेकोमा ज्यादै खुसी लागेको व्यक्त गर्नुभयो। यसका साथै, चीनले भिसा-मुक्तसहितका विभिन्न प्रवेश सुविधा उपायहरू लागू गरेपछि, चीन-जर्मनी सांस्कृतिक आदान-प्रदान र जन-सम्पर्कमा नयाँ ऊर्जा थपिएको पनि उहाँले भन्नुभयो:

"चिनियाँ भाषाले चीन-जर्मनी सांस्कृतिक आदान-प्रदान र सभ्यताको पारस्परिक समझदारीको पुल बनाएको छ, जसले जर्मन जनतालाई चीनबारे प्रत्यक्ष रूपमा बुझ्नका लागि एउटा झ्याल खोलिदिएको छ। म विश्वास गर्छु कि चिनियाँ भाषा सिक्ने हरेक विद्यार्थीले चिनियाँ अक्षरहरूको सुन्दरताको आनन्द लिन सक्नुहुनेछ, प्राचीन चिनियाँ इतिहासको यात्रा गर्न सक्नुहुनेछ, विविध चिनियाँ सभ्यता बुझ्न सक्नुहुनेछ, र चिनियाँ जनतासँग सम्पर्कमा आउनुहुनेछ, चिनियाँ साथीहरू बनाउन सक्नुहुनेछ र चीन-जर्मनी सांस्कृतिक आदान-प्रदान तथा जन-सम्पर्कलाई अझ राम्रो बनाउन उपयोगी हुनेछ। म तपाईँहरुलाई एउटा विविध, त्रि-आयामिक, वास्तविक र सुन्दर चीनलाई प्रत्यक्ष महसुस गर्न चीन घुम्न र अवलोकन गर्न हार्दिक निमन्त्रण गर्दछु। साथै तपाईँहरुले आफ्नो अनुभव अरूलाई सुनाउन र दुई देशका जनताको पारस्परिक समझदारीलाई प्रोत्साहन दिन सक्नुहुनेछ।"

 

लिपजिग सहरको अन्तर्राष्ट्रिय आदान-प्रदान कार्यालयकी निर्देशक गाब्रिएला गोल्डफुसले पहिले चिनियाँ भाषा सिकेकी थिइन् र उनले सन् २०१८ मा लिपजिगमा पहिलो पटक "चिनियाँ पुल" प्रतियोगिता आयोजना गरिएको दृश्य देखेकी थिइन्। युवा पुस्ताले "चिनियाँ पुल" को मञ्चमा आफ्नो चिनियाँ भाषा अध्ययनको सफलता र चिनियाँ संस्कृतिसँग सम्बन्धित प्रतिभा प्रदर्शन गर्न सक्ने उनले सोचेकी छिन् । गोल्डफुसले संस्कृति एउटा पुल भएको र भाषा पनि एउटा पुल भएको भन्दै अझ धेरै जर्मनीका युवाहरू चीन-जर्मनी सांस्कृतिक आदान-प्रदान कार्यमा सामेल होउन् भन्ने अपेक्षा गरेकी छिन्:

"म 'विश्व एक परिवार भएको' अवधारणालाई महत्त्वपूर्ण ठान्छु। किनकि पछिल्ला केही वर्षहरूमा, अन्तर्राष्ट्रिय सम्बन्धहरू जटिल बन्दै गएका छन्, हामीलाई युवा पुस्तालाई प्रतिनिधित्व गरेर दुई देशबीचको समझदारीलाई सुधार्न सहयोग चाहिन्छ, जसले एकअर्काको देशको भाषा बोल्छन्, एकअर्काको देशको संस्कृति बुझ्छन्, राष्ट्रहरू बीचमा समझदारी र सञ्चारको पुल बनाउँछन्। म आजको कार्यक्रममा उपस्थित हुँदा खुशी छु र ती सहभागी युवाहरू बहुमुखी छन् भन्ने मलाई लागेको छ।"