राष्ट्राध्यक्ष सी चिनफिङद्वारा सोलोमन टापुहरूका नव निर्वाचित गभर्नरलाई बधाई सन्देश
2024-07-08 11:19:32CRI
Share with:

जुलाई ८ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले डेभिड डिल्भा कार्पलाई शुभकामना सन्देश पठाउँदै सोलोमन टापुहरूका गभर्नरको पद सम्हाल्नुभएकोमा बधाई ज्ञापन गर्नुभएको छ।

 

राष्ट्राध्यक्ष सीका अनुसार, चालु वर्ष चीन र सोलोमन टापुहरू बीच दौत्य सम्बन्ध कायम भएको पाँचौँ वार्षिकोत्सव हो। बितेका ५ वर्षयता दुवै देश बीचको पारस्परिक राजनीतिक विश्वास लगातार रूपमा गहिरिनुका साथै उल्लेखीय वास्तविक सहयोगात्मक उपलब्धिहरू प्राप्त भएको छ।

 

उहाँ यसरी भन्नुहुन्छ: दुवै देश सम्बन्धको विकासमा मैले उच्च महत्व दिएको छु। गभर्नरज्यूसँगै मिलेर नयाँ युगमा चीन-सोलोमन टापुहरूको सम्पूर्ण रणनीतिक साझेदारी सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनुका साथै दुवै देशका जनताका लागि अझ हितकल्याण सिर्जना गर्दै जान म इच्छुक छु।