अल्पसंख्यक जाति# ३०० वर्षको इतिहास बोकेको लामा टेम्पल-1
2024-07-09 09:16:35cri
Share with:

आदरणीय श्रोता, अल्पसंख्यक जाति कार्यक्रममा हार्दिक स्वागत। साथै कार्यक्रमकी सञ्चालिका ललिताको नमस्कार।

  पैचिङको दोस्रो रिङरोडको उतर-पूर्वी छेउमा एउटा उत्कृष्ठ भवन छ। यो भवन छिङ राजवंशको सबैभन्दा महत्वपूर्ण गुम्बा थियो। यो नै आजको प्रसिद्ध लामा टेम्पल हो। पैचिङमा घुम्ने हरेक पर्यटकले समय मिलेमा यो लामा टेम्पलमा पूजा-आजा गर्ने वा घुम्ने गर्दछन्।

   यो लामा टेम्पल कस्तो छ?  आजको कार्यक्रममा म लामा टेम्पलको बारेमा जानकारी दिनेछु।


लामा टेम्पलको इतिहासको चर्चा गर्दा सन् १६९४ देखि थाल्नुपर्छ। त्यस बेला तत्कालीन सम्राटको चौथो छोरा अर्थात् १६ वर्षीय राजकुमार यिन चेनलाई एउटा घरआवास प्रदान गरिएको थियो। शायद, त्यो आवास निकै सन्तोषजनक आवास थिएन। किनकि त्यो आवास प्राचीन राज्यका सेवकहरूको वासस्थलमा निर्माण गरिएको थियो। साथै त्यहाँ नजिकैको ठाउँमा दिसा-पिसाबको व्यवस्थापन पनि गरिन्थ्यो। झिङ्गा-लामाखुट्टेलगायतका कीराहरू हुनुका साथै ज्यादै दुर्गन्धित् थियो। यस्तो वातावरण भए तापनि राजकुमार यिन चेनले कुनै रीस वा गुनासो व्यक्त गरेका थिएनन्। उनले हरेक दिन मेहनती रूपमा पढ्नुका साथै प्रतिष्ठित भिक्षुहरूलाई मित्र बनाएका थिए। क्रमशः उनले सम्राटको नजर जितेर अन्तिममा सम्राटको पद पाएका थिए।

यिन चेनको पद बढ्नुका साथै यो दरबारको तह पनि क्रमशः बढेको थियो। उनी सम्राट बनेपछि यो दरबार राज्य दरबारको रूपमा पनि परिणत गरेको थियो र औपचारिक नाम “योङ ह कोङ” पाएको थियो।

 

सन् १७३५ मा सम्राट यिन चेनको निधनपछि उनको शवलाई यसै दरबारमा राखिएको थियो। त्यसका लागि तत्कालीन सरकारले आधा महिनासम्म उक्त दरबारको पुनर्निर्माण गरेर दरबारको स्तरलाई उकासेको थियो। यिन चेनको छोरा छ्यान लुङ सम्राट बनेपछि योङ ह कोङ नामक उक्त दरबारमा पूर्व सम्राटको चित्र राखेर राजाका पूर्वजको पूजाआजा गर्ने मन्दिर बनेको थियो।

 

सन् १७४४ मा तिब्बतलाई स्थिर बनाउन र उत्तर-पश्चिमी भागमा बसोबास भएका जातिहरूलाई एकिकृत गर्नका लागि छ्यान लुङ सम्राटले यो ह कोङ दरबारलाई तिब्बती बुद्ध धर्मको गुम्बाको रूपमा निर्माण गर्न आदेश दिएका थिए। त्यसबेला तिब्बतमा राजनीति परिस्थिति त्यति स्थीर नभएकाले तिब्बत तथा मंगोलिया क्षेत्रमा तिब्बती बुद्ध धर्मको गेरूवा सम्प्रदाय पन्थको प्रभावको विचार गर्दा छिङ राजवंशको केन्द्रित सरकारले गेरूवा सम्प्रदाय पन्थको विकास गरेको थियो। त्यसैले योङ ह कोङ दरबारलाई गेरूवा सम्प्रदाय रूपी गुम्बाको रूपमा निर्माण गरिएको थियो। यो कदमले तिब्बतमा हार्दिक समर्थन पाएको थियो। त्यसबाहेक केन्द्रिय सरकारले जातीय क्षेत्रमा केही प्रभावकारी भिक्षुहरूलाई पनि पद दिएको थियो। त्यसमध्ये तेस्रो पुस्ताको चाङ च्या अवतारी थिए।

 चाङ च्या अवतारी छिङ राजवंश तिब्बती बुद्ध धर्मको गेरूवा सम्प्रदायमा सबैभन्दा महत्वपूर्ण अवतारीको पुनर्जीवित प्रणालीहरूमध्येको एक हो। तेस्रो पुस्ताको चाङ च्या अवतारी बाल्यकालमा पैचिङ पुगेर छ्यान लुङ सम्राटको साथी बनेका थिए। त्यसपछि उनी छ्यान लुङ सम्राटले मंगोलिया तथा तिब्बतसम्बन्धी मामिलाको व्यवस्थापना गर्ने व्यावहारिक सहयोगी बनेका थिए। उनको कथा म भविष्यमा ठोस रूपमा जानकारी दिने छु।

 

योङ ह कोङ दरबार लामा टेम्पल बनेपछि यसको तिब्बत, मंगोलियालगायतका जातीय क्षेत्रमा ज्यादै प्रभाव थियो। राज्य गुम्बाको हैसियतमा यो लामा टेम्पलले केन्द्रिय सरकार र तिब्बत तथा मंगोलिया क्षेत्रसँग सम्पर्क गर्ने इतिहास सुरू गरेको थियो। तिब्बत र मंगोलिया क्षेत्रका धेरै प्रतिष्ठित भिक्षु र लामाहरू यो टेम्पलमा अध्यक्ष नियुक्त भएका थिए। जसले तिब्बती बुद्ध धर्मका प्रतिष्ठित भिक्षु तथा लामाको तालिम र जातिबीचको आदानप्रदानका लागि योगदान दिएको छ।