११ महिनामा नेपालबाट पौने १६ अर्बको फलाम तथा इस्पातका उत्पादन निर्यात
2024-07-09 15:59:07CRI
Share with:

चालु आर्थिक वर्षको ११ महिनामा नेपालबाट १५ अर्ब ८१ करोड ८७ लाख रुपैयाँ बराबरको फलाम तथा इस्पातका उत्पादन निर्यात भएको छ। गत आर्थिक वर्ष सोही अवधिमा ९ अर्ब ८९ करोड ९६ लाख रुपैयाँ बराबरको फलाम तथा इस्पातका उत्पादन निर्यात भएको कान्तिपुर अनलाइनले लेखेको छ।

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष फलाम तथा इस्पातका उत्पादनको निर्यात ५९.८ प्रतिशतले बढेको व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रले जनाएको छ।गत आर्थिक वर्षभर कुल १० अर्ब ८२ करोड रुपैयाँको फलाम तथा इस्पातका उत्पादन निर्यात भएको थियो।

चालु आर्थिक वर्षमा फलाम तथा इस्पातका १ खर्ब ३५ अर्ब ६९ लाख रुपैयाँ बराबरको आयात भएको थियो। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.८ प्रतिशतले कम आयात भएको हो। गत आर्थिक वर्ष ११ महिनामा १ खर्ब ५३ अर्ब ८५ करोड रुपैयाँ बराबरको फलाम तथा रड आयात भएको थियो। आयातित फलाम तथा रड प्रशोधन भई स्वदेशमै खपतसँगै निर्यात हुने गरेको छ।