सन् २०२३ मा चीन र दक्षिण एशियाली मुलुकको व्यापारिक रकम लगभग २ खर्ब डलर
2024-07-09 18:50:56CRI
Share with:

सन् २०२३ मा चीन र दक्षिण एशियाली मुलुकको व्यापारिक रकम लगभग २ खर्ब डलर पुगेको छ। यो सन् २०१३ को तुलनामा डबलले बढेको हो। चिनियाँ राज्य परिषदबाट आयोजित पत्रकार सम्मेलनमा वाणिज्य उपमन्त्री ली फैले उक्त जानकारी दिनुभएको हो।

उपमन्त्री लीका अनुसार, सन् २०१३ मा पहिलो चीन- सार्क एक्स्पो खुनमिङमा आयोजित भएदेखि चीन र दक्षिण एशियाली मुलुकहरूले विभिन्न क्षेत्रमा व्यावहारिक सहकार्यलाई गहन पार्नुका साथै आर्थिक तथा व्यापारिक आदानप्रदान राम्ररी विकास गरेका छन् र उपलब्धिले दुवै पक्षका जनतालाई फाइदा पुगेको छ।

सन् २०२३ मा चीन र दक्षिण एशियाली मुलुकको व्यापारिक रकम लगभग २ खर्ब डलर पुगेको छ। यो सन् २०१३ को तुलनामा डबलले बढेको हो। पाकिस्तान, बंग्लादेशलगायत देशहरूको पहिलो व्यापारिक साझेदारीका रुपमा चीनको स्थान निरन्तर सुदृढ पारिनुका साथै दक्षिण एशियाली मुलुकका झन् झन् बढी सामान चिनियाँ बजारमा प्रवेश गरेका छन्। चीन-पाकिस्तान आर्थिक करिडोरको निर्माण र केही आधारभूत प्रबन्ध परियोजनाले स्थानीय रोजगार र आर्थिक विकासका लागि वातावरणको सिर्जना गरेका छन्।