परराष्ट्र मन्त्री वाङ यी तथा बेलारूसका विदेश मन्त्री बीच भेट-वार्ता
2024-07-09 15:02:38CRI
Share with:

जुलाई ८ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोका सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीले पैचिङमा बेलारूसका विदेश मन्त्री म्याक्सिम रेनेन्कोभसित भेट-वार्ता गर्नुभएको छ।

 

भेटका अवसरमा परराष्ट्र मन्त्री वाङ यीले सर्वप्रथम शाङहाई सहयोग संगठनको सदस्य मुलुक बनेकोमा बेलारूसलाई बधाई व्यक्त गर्नुभयो। विभिन्न पक्षहरूसँगै मिलेर शाङहाई भावनाको प्रचार प्रसार गर्दै जान चीन इच्छुक रहेको पनि उहाँले औँल्याउनुभएको छ।

 

प्रत्युत्तरमा विदेश मन्त्री रेनेन्कोभले अबउपरान्त बेलारूसले निरन्तर रूपमा राष्ट्राध्यक्ष सी चिनफिङले प्रस्तुत गर्नुभएको श्रृङ्खलाबद्ध वैश्विक प्रस्तावलाई समर्थन गर्नुका साथै बहुपक्षीयतावाद अपनाउँदै चीनसित विश्वव्यापी चुनौतीको सामना गर्दै जाने इच्छा प्रकट गर्नुभएको छ।

 

भेटका अवसरमा उहाँहरूले युक्रेन सङ्कटबारे वैचारिक आदान प्रदान गर्नुभएको छ। यसबाहेक, विदेश मन्त्री रेनेन्कोभले चीन तथा ब्राजिलद्वारा गत मे महिनामा पैचिङ वार्तामा प्रस्तुत ६ बुँदे मतैक्यको उच्च मूल्याङ्कन गर्दै युद्धविरामलाई प्रवर्द्धन गर्न र शान्तिपूर्ण लक्ष्यलाई साकार तुल्याउनका लागि ती मतैक्यको ज्यादै महत्वपूर्ण अर्थ रहेको पनि औँल्याउनुभयो।