कङ्गोका सबै सशस्त्र समूहलाई तुरुन्तै हतियार त्याग्न चीनको आग्रह
2024-07-09 14:12:18CRI
Share with:

संयुक्त राष्ट्रसंघका लागि चीनका स्थायी उपप्रतिनिधि कङ शुआङले जुलाई ८ तारिख सुरक्षा परिषदले प्रजातान्त्रिक गणतन्त्र कङगोका समस्याहरूको समीक्षा गर्दै चीनले त्यहाँका सबै सशस्त्र समूहलाई तत्काल हतियार त्याग्न र कब्जा गरिएको क्षेत्रबाट हट्न आग्रह गरेको व्यक्त गर्नुभएको छ।

कङ शुआङले अन्तर्राष्ट्रिय समाजले कङ्गोको सार्वभौमसत्ता, स्वाधीनता र क्षेत्रीय अखण्डताको सम्मान गर्नुपर्छ भन्दै पूर्वी क्षेत्रको समस्याको चाँडै समाधान गर्नका लागि कङ्गोलाई सुरक्षा, स्थिरता र मानवीय स्थिति सुधार गर्न ठोस सहयोग प्रदान गर्नुपर्नेमा जोड दिनुभयो।

उहाँले संयुक्त राष्ट्र संघका महासचिवका विशेष प्रतिनिधि तथा कङ्गो समस्याका विशेष प्रतिनिधि केटले ग्रेट लेक्स क्षेत्र समस्याका लागि संयुक्त राष्ट्र संघका महासचिवका विशेष दूत स्या हूआङसँग समन्वय कायम राख्ने र शान्ति वार्ताका लागि निरन्तर वार्ता गर्ने विश्वास व्यक्त गर्नुभयो।