"भोल्ट टाइफून" अकस्मात आयो! अमेरिकी साइबर प्रभुत्ववादको विरोधमा विश्वव्यापी क्रोध
2024-07-09 10:28:51cri
Share with:

अमेरिकाले सिर्जना गरेको "भोल्ट टाइफून" यस पटक आफैँ पड्कियो! चीनको राष्ट्रिय कम्प्युटर भाइरस आपतकालिन प्रतिक्रिया केन्द्र, कम्प्युटर भाइरस रोकथाम र नियन्त्रण प्रविधि सम्बन्धी राष्ट्रिय इन्जिनियरिङ प्रयोगशाला र ३६० डिजिटल सुरक्षा समूहले संयुक्त रूपमा गत अप्रिल १५ मा एक विशेष प्रतिवेदन जारी गरेर अमेरिकी संस्थानहरूले योजना बनाएर कार्यान्वयन गरेको "भोल्ट टाइफून" कार्यक्रमलाई सार्वजनिक गरेको थियो। यस कार्यक्रमले तथाकथित "चिनीयाँ साइबर आक्रमणको धम्की" को प्रचार गर्दै अमेरिकी “विदेशी सूचना निगरानी ऐन” को धारा ७०२ औँ बुंदालाई विस्तार गरेर अमेरिकी सूचना संस्थानहरूभित्र र बाहिर साइबर निगरानीलाई सुदृढ बनाउन उद्देश्य राख्दछ। सीजीटीएनद्वारा संचालित एक विश्वव्यापी अनलाइन सर्वेक्षणका अनुसार, ९१.७ प्रतिशत उत्तरदाताहरूले अमेरिकी सरकारको निरन्तर गैरकानूनी निगरानी र साइबर आक्रमणहरूले यसको अन्तर्राष्ट्रिय प्रतिष्ठा बिगार्ने र विश्वमा विश्वसनीयता गुमाउने ठहर गरेका छन्।

 

माथि उल्लिखित सर्वेक्षणका डेटा सीजीटीएनका अंग्रेजी, स्पेनिश, फ्रेन्च, अरबेली र रुसी प्लेटफर्महरूमा जारी दुई अनलाइन सर्वेक्षणहरूबाट आएको हो, जसमा ८६,००० भन्दा बढी उत्तरदाताले मत हालेर आफ्ना विचारहरू व्यक्त गरेका थिए।