चिनियाँ शैलीको आधुनिकीकरणको उपलब्धिबाट पूरै विश्व लाभान्वित
2024-07-10 14:33:46CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको १८ औँ महाधिवेशनयता सुधार र खुलापन अझ गहन रूपमा लागु हुँदै आएको सिलसिलामा चिनियाँ समाजले अनेकन् ऐतिहासिक, क्रान्तिकारी र सिर्जनशील उपलब्धिहरू प्राप्त गरेको छ। वर्तमान चीनको विश्वसँगको सम्पर्क पनि अझ प्रगाढ हुँदैजानेछ।

 

पेरूको कम्युनिष्ट पार्टी केन्द्रीय समितिका सदस्य एवम् पेरू सार्वजनिक नीति अनुसन्धान प्रतिष्ठानका प्रमुख रिगार्डो लोपेजका अनुसार, बितेका केही वर्षयता चीनले गरिबी निवारण, वैज्ञानिक-प्राविधिक विकास र औद्योगिक विकास लगायतका विविध क्षेत्रमा ऐतिहासिक र प्रगतिशील प्रतिफल प्राप्त गरेको छ। यस प्रक्रियामा चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वले केन्द्रीत भूमिका निर्वाह गरेको छ।

 

अमेरिकी चीन-अमेरिका अनुसन्धान केन्द्रका उच्च अनुसन्धानकर्ता सुराब कुबेतका अनुसार, धेरै वर्षयता चीनले सुधारलाई गहन पार्ने प्रक्रियामा उल्लेखनीय आर्थिक उपलब्धि प्राप्त गरेको छ। यस क्रममा वैज्ञानिक-प्राविधिक सिर्जनशीलता र हरित विकास भन्ने सिद्धान्तबाट चिनियाँ नेताको वरिष्ठ विचारधारा पनि स्पष्टसँग प्रतिबिम्बित गरिएको छ।