चिनियाँ विद्युतीय सवारी साधनका लागि अनुदानबारे युरोपेली संघका तीन वास्तविकतामा उचित विचार गर्ने चीनको आशा
2024-07-11 18:25:44CRI
Share with:

विदेशी सञ्चार माध्यमका अनुसार, युरोपेली संघको चिनियाँ विद्युतीय सवारी साधनमा काउन्टरभेलिङ ड्युटी अनुसन्धानको प्रतिवेदनमा चिनियाँ सवारी साधन व्यवसायले चीन सरकारको अनुदान लिएर युरोपेली सवारी साधन व्यवासयलाई "अनुचित" मूल्य प्रतिस्पर्धा दिएको लेखिएको छ। जुलाई ११ तारिख आयोजित चिनियाँ वाणिज्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता ह युङछ्यानले यस विषयको प्रश्नको उत्तर दिनुभएको छ। 

प्रवक्ता हका अनुसार, हाल चीन र युरोपले विद्युतीय सवारी साधनका लागि काउन्टरभेलिङ ड्युटी मुद्दाबारे छलफल गरिरहेका छन्। वास्तविकता र नियम अनुसार छलफलका दुई विषय हुन्। वास्तविकता दुवै पक्षले स्वीकार गरेका तथ्य हो, एक पक्षले विचार गरेको कथित “वास्तविकता” होइन। युरोपले चिनियाँ सवारी साधनको श्रेष्ठता अनुदानबाट आएको होइन भन्ने वास्तविकताको उचित विचार गर्ने, चीन र युरोपबीच सवारी साधन व्यवायको सहकार्य साझा विकासका लागि सहयोगी भएको वास्तविकताको उचित विचार गर्ने र युरोपेली संघका व्यवसायले व्यापार संरक्षणवादी कदमको विरोध गरेको वास्तविकताको उचित विचार गरेर तर्कसंगत र वस्तुनिष्ठ निर्णय गर्ने आशा चीनले गरेको छ।