सीएमजीको “चिनियाँ विज्ञान तथा प्रविधिको नवाचार उत्सव” शुरु
2024-07-11 10:26:59cri
Share with:

जुलाई १० तारिख सीएमजी अर्थात् चाइना मिडिया ग्रुपले थालनी गरेको 'चिनियाँ विज्ञान तथा प्रविधिको नवाचार उत्सव' र 'विज्ञान तथा प्रविधि नवाचारको अवलोकन केन्द्र' को उद्घाटन समारोह पैचिङमा आयोजना गरिएको छ। चीनको केन्द्रीय प्रचार प्रसार विभागका उप-प्रमुख र सीएमजीका निर्देशक शन हाई श्योङ र विज्ञान तथा प्रविधि मन्त्रालयका उप-मन्त्री एवम सचिव लिन सिन लगायतका अतिथिहरुले उत्सवको उद्घाटन गर्नुभएको छ।

 

'चिनियाँ विज्ञान तथा प्रविधिको नवाचार उत्सव' भनेको 'नयाँ गुणस्तरीय उत्पादन शक्ति' लाई मुख्य शब्दका रूपमा राखेर आयोजना गरिएको विज्ञान तथा प्रविधिको मेला हो, जहाँ वार्षिकरूपमा चर्चित प्रविधिहरु समेटिएका छन् र नयाँ गुणस्तरीय उत्पादन शक्तिको नवाचार तथा अभ्यास देखाइने छ। यो 'वसन्त चाड गाला' र 'मध्य शरद पर्व गाला' पछि सीएमजीको अर्को नविन मार्का हो।

 

सोही दिन, आनहुई प्रान्तको हफै शहरमा स्थापित सीएमजीको पहिलो "विज्ञान तथा प्रविधि नवाचार अवलोकन केन्द्र" को उद्घाटन गरिएको छ।