दुईवटा “मेडिकल परीक्षण प्रतिवेदन”द्वारा फिलिपिन्स दक्षिण चीन सागर पर्यावरणको विनाशक भएको पुष्टि
2024-07-11 16:10:44CRI
Share with:

हालका दुई दिन चीनले दक्षिण चीन सागरसम्बन्धी दुई वटा प्रतिवेदन सार्वजनिक गरेको छ। यी दुबै प्रतिवेदनले ठोस जाँचबुझ प्रयोग गरी ह्वाङ यान टापु र रन आई च्याउको पर्यावरणीय अवस्थाको विश्लेषण गरेका छन्। “मेडिकल परीक्षण प्रतिवेदन”अनुसार, ह्वाङ यान टापुको समुद्री क्षेत्रको वातावरणको उत्तम गुणस्तर छ, कोरल रीफको पर्यावरण स्वस्थ छ। तर रन आई टापुको पर्यावरण गम्भीर रुपमा ध्वस्त भयो। मुख्य कारण के हो भने फिलिपिन्सको युद्धपोतले अवैधानिक रुपमा “ग्राउन्डेड” गरेको थियो र सम्बन्धित व्यक्तिहरूको गतिविधि।

उक्त जाँचबुज नतिजा चीनले समुद्री पर्यावरणीय वातावरणको संरक्षण गरेको उपलब्धिको एक प्रमाण हो। धेरै वर्षहरूयता चीनले कानुन र ऐनको तर्जुमा र लागु गरेको, वैज्ञानिक अनुसन्धान र पर्यावरणीय पुनर्स्थापना गरेको, अन्तर्राष्ट्रिय सहयोगमा भाग लिएको छ। चीनले दक्षिण चीन सागरको समुद्री वातावरणको संरक्षण क्षेत्रमा ठूलो काम गरेको छ। यसका साथै चीनले समुद्री भाग्य समुदायमा सक्रियताका साथ अगाडि बढाएको छ। हालसम्म चीनले युरोपेली संघ, आशियान, प्रशान्त टापु मुलुकहरू, आर्कटिक मुलुकहरू, दक्षिण अमेरिकी मुलुकहरूसँग निलो साझेदारी सम्बन्धको स्थापना गरिसकेको, दक्षिण चीन सागर र विश्वको सुम्रदी पर्यावरणीय संरक्षणका लागि महत्वपूर्ण योगदान दिएको छ।

दक्षिण चीन सागरको विनाशक को हो, वास्तविकता स्पष्ट छ। फिलिपिन्सले अवैधानिक रुपमा “ग्राउन्डेड” गरेको युद्धपोतलाई छिटो रुपमा फिर्ता लिनुपर्छ, प्रदूषणको उदगम हटाउनुपर्छ, रन आई च्याउको पर्यावरणीय वातावरण निरन्तर रुपमा भंग गर्न जोगाउनुपर्छ। समुद्री वातावरण मानवको हितसित सम्बन्धित छ। दक्षिण चीन सागर केही मुलुकको निजी हितको राजनीतिक उपकरण बन्नुहुँदैन।