विश्व शान्ति तथा स्थिरताका लागि सबैभन्दा ठूलो अजारक श्रोत को हो?
2024-07-11 19:06:05CRI
Share with:

चिनियाँ परराष्ट्रा मन्त्रालयका प्रवक्ता लिन च्यानले जुलाई ११ तारिख नियमित आयोजित पत्रकार सम्मेलनमा अमेरिकी विदेश मन्त्री अन्टोनी ब्लिङ्केनको चीनसम्बन्धी भनाइबारे प्रश्नको उत्तर दिनुभएको छ।

उहाँका अनुसार, यसअघि चीनले धेरैपटक गम्भीर रूपमा अडान दोहोर्याएको छ। अमेरिकाले कुनै प्रमाण बिना चीनबाट रूसी रक्षा उद्योगलाई सहयोग दिइएको झुटो सूचना प्रचार गरेको र त्यसको विरोध चीनले गरेको छ। चीनले अमेरिकाको गफत भनाइको कडा असन्तोष र विरोध गरेको छ।

वास्तवमा तथ्याङकका अनुसार, रूसले आयात गरेका हतियार र सामानहरूमध्ये ६० प्रतिशत अमेरिका तथा पश्चिमाबाट आएको हो। युक्रेन ध्वत गरेको रूसी प्रबन्धको ९५ प्रतिशत कुञ्जी अवयवहरू  पनि पश्चिमाबाट आएका हुन्। रूसबाट उत्पादित हतियारका ७२ प्रतिशत अवयवहरू अमेरिकी कम्पनीबाट आएका हुन्।

अमेरिकाले एकातिर युक्रेनका लागि सहायता अधिनियमको प्रस्तुत गर्दै आएको छ भने अर्कातिर बिना प्रमाण चीन र रूसको सामान्य आर्थिक तथा व्यापारिक आदानप्रदानमाथि आलोचना गर्दै आएको छ। यो स्पष्ट पाखण्डपन र दोहोरो मापदण्ड हो। अमेरिकाले सधैँ आफूलाई कथित "न्यायको दूत", "मानव अधिकार रक्षक", "विश्व प्रहरी"का रूपमा उभ्याए तापनि द्वन्द्व र अराजकता उक्साउने काम गर्दै आएको छ।

युकेन संकटको आरम्भकर्ता को हो?

क्षेत्रीय भिडन्त र संघर्षको पहाडि कसको हात छ?

संकटलाई दीर्घकाल जारी गरेर समाप्त नगर्ने मुलुक को हो?

विश्वको शान्ति तथा स्थिरताका लागि को सबैभन्दा ठूलो अजारक श्रोत कहाँ छ?

अन्तर्राष्ट्रिय जगतले स्पष्ट रूपमा बुझेको छ।