परराष्ट्र मन्त्री वाङ यीद्वारा भारतीय नव निर्वाचित राष्ट्रिय सुरक्षा सल्लाहकारलाई बधाई सन्देश
2024-07-11 14:56:08CRI
Share with:

जुलाई ९ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोका सदस्य, परराष्ट्र मन्त्री एवम् चीन-भारत सीमा समस्या सम्बन्धी चिनियाँ विशेष प्रतिनिधि वाङ यीले अजित दोभललाई बधाई सन्देश पठाउँदै उहाँ पुन: भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार र चीन-भारत सीमा समस्या सम्बन्धी भारतीय विशेष प्रतिनिधि निर्वाचित हुनुभएकोमा शुभकामना व्यक्त गर्नुभएको छ।

 

परराष्ट्र मन्त्री वाङ यीका अनुसार, चीन र भारत दुवै नै विश्वमा सबैभन्दा बढी जनसंख्या भएको विकासोन्मुख मुलुक र उदियमान आर्थिक समुदाय हुन्। दुई देश बीचको सम्बन्धले विश्वव्यापी रूपमा महत्वपूर्ण अर्थ बोकेको छ। दोभलसँगै मिलेर दुवै देशका नेता बीचको महत्वपूर्ण मतैक्यलाई व्यवहारमा उतार्नुका साथै सीमा क्षेत्रमा मौजुद सम्बद्ध समस्याको राम्रोसँग समाधान गर्दै संयुक्त रूपमा सीमा क्षेत्रको शान्ति र स्थिरताको संरक्षण गर्दैजान आफु इच्छुक रहेको पनि परराष्ट्र मन्त्री वाङ यीले औँल्याउनुभएको छ।