इतिहासको सही ठाउँ र निष्पक्ष तथा न्यायको ठाउँमा पर्ने शाङहाई सहयोग सङ्गठनले विश्वका लागि निकै महत्वपूर्ण भावार्थ सिर्जना
2024-07-11 09:31:12cri
Share with:

जुलाई ४ तारिखका दिन शाङहाई सहयोग सङ्गठनका सदस्य राष्ट्रप्रमुखहरूको परिषद्को २४औँ बैठक र "शाङहाई सहयोग सङ्गठन प्लस" अस्ताना शिखर सम्मेलन एकपछि अर्को गरी सम्पन्न भएको छ। अराजकताले गाँजिएको विश्वको सामना गर्दै, शाङहाई सहयोग सङ्गठनले आफ्नो बलियो जीवन्तता मात्र हैन, बाह्य दुनियाँलाई पनि विश्व सुरक्षा र विकासका लागि ठूलो भूमिका खेल्ने क्षमता देखाएको छ।

२३ वर्षको विकासपछि शाङहाई सहयोग सङ्गठनमा हाल १० आधिकारिक सदस्य राष्ट्रहरू, २ पर्यवेक्षक राष्ट्रहरू र १४ संवाद साझेदारहरू छन् "शाङहाई सहयोग सङ्गठन परिवार" ले तीन महादेशहरू समेटेको छ:एशिया, अफ्रिका र युरोप। किन "साथीहरूको घेरा" ठूलो हुँदैछ? मुख्य कुरा आपसी विश्वास, पारस्परिक लाभ, समानता, परामर्श, विविध सभ्यताको सम्मान र साझा विकासको शाङहाई भावनालाई सधैँ पालना गर्नु र गठबन्धन, संवादको सट्टा साझेदारीको नयाँ विकासको बाटोमा अघि बढ्नु हो। 

अहिले विश्वको संरचना तीव्र गतिमा विकास भइरहेको छ। यो परिवर्तनको सामना कसरी गर्ने? कसरी नयाँ अवरोध तोड्ने र राम्रो शाङहाई सहयोग सङ्गठन निर्माण गर्ने? चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले मूल्यमान्यता, राजनीतिक सुरक्षा, आर्थिक विकास, जन-जनबीचको आदानप्रदान र विश्वव्यापी शासनको दृष्टिकोणबाट शाङहाई सहयोग सङ्गठनको सुधार र स्तरोन्नतिका लागि "चिनियाँ समाधान" प्रदान गर्ने पाँचवटा सुझावहरू प्रस्तुत गर्नुभएको छ।

खास तथा प्रभावकारी सहयोगमाथि ध्यान दिनु नै शाङहाई सहयोग सङ्गठनको विकासको प्रवर्द्धन शक्ति हो। हाल केही वर्षयता बेल्ट एण्ड रोड निर्णय प्रस्तावको प्रवर्द्धनमा शाङहाई सहयोग सङ्गठनका विभिन्न सदस्य मुलुकबीच व्यापार तथा लगानीको परिमाण लगातार विस्तार गरिँदै गएको छ जसबाट विभिन्न मुलुकका जनतालाई खास तथा वास्तविक लाभ ल्याएको छ। सन् २०२३ मा चीन र मध्य एशियाका पाँच मुलुकबीचको व्यापार रकम नब्बे अर्ब अमेरिकी डलर बराबर पुगेको छ भने सन् २०२२ को तुलनामा २७.२प्रतिशतले बढेको छ जसले ऐतिहासिक उच्च रेकर्ड सिर्जना गरेको छ।
यस पटक चीनले साझा विकासलाई प्रवर्द्धन गर्नका लागि धेरै खास उपाय प्रस्तुत गरेको छ। सन् २०२५ लाई “शाङ्हाई सहयोग सङ्गठन दिगो विकास वर्ष” को रुपमा निर्धारित गर्नुबाट बेल्ट एण्ड रोडको उच्च गुणस्तीय निर्माणलाई व्यवहारमा उतारिने आठ कार्यवाहीहरुसम्म,शाङहाई सहयोग सङ्गठनको पूँजी समायोजन मञ्चको स्थापना सम्बन्धी तयारीबाट यस सङ्गठनको डिजिटल शिक्षा सँघको स्थापना गर्ने सुझावसम्म आदी...यी कदमहरुले विभिन्न मुलुकहरुबीच गहन सहयोगबीचको सम्पर्कलाई प्रवर्द्धन गर्दै विकासको पुनरुत्थानका लागि मद्दत गर्ने छ।
शुरुवातदेखि हालसम्म देख्नसकिन्छ कि एकताबद्ध भएर सहयोग गर्नु नै शाङहाई सहयोग सङ्गठनको सफलताको अनुभव मात्र नभई यस सङ्गठनले नयाँ यात्रामा परिवर्तनको सामना गर्ने आवश्यक छनौट हो। आउने दिनहरुमा चीनले शाङहाई सहयोग सङ्गठनको अध्यक्ष मुलुकको वहन गर्दै विभिन्न सदस्य मुलुकहरुसँग “शाङहाई भावना” निर्वाह गर्दै जाने छ। अझ घनिष्ट शाङहाई सहयोग सङ्गठनको सँयुक्त समुदायको निर्माणलाई प्रवर्द्धन गर्दै अन्तर्राष्ट्रिय शान्ति क्षय,विकास घाटा,सुरक्षा हानी,व्यवस्थापन घाटाको समाधान गर्न शाङहाई सहयोग सङ्गठनको शक्ति सिर्जना गरिने छ। राष्ट्राध्यक्ष सी चिनफिङको भनाई जस्तै इतिहासको सही ठाउँ र निष्पक्ष तथा न्यायको ठाउँमा पर्ने शाङहाई सहयोग सङ्गठनले विश्वका लागि निकै महत्वपूर्ण भावार्थ सिर्जना गर्दछ।