“चीनको सामुद्रिक पारिस्थितिक र पर्यावरण संरक्षण" श्वेतपत्र प्रकाशित
2024-07-11 14:48:26CRI
Share with:

चीनको राज्य परिषद सूचना कार्यालयले ११ तारिख बिहान १० बजे पत्रकार सम्मेलन आयोजना गरेको छ। सो अवसरमा, “चीनको सामुद्रिक पारिस्थितिक र पर्यावरणको संरक्षण” सम्बन्धमा एउटा श्वेतपत्र प्रकाशित गरेको छ। उक्त श्वेतपत्रमा चीनको समुद्रको पारिस्थितिक वातावरण संरक्षणका अवधारणा, कार्यान्वयन र उपलब्धिहरू स्पष्टरूपमा उल्लेख गरिएको छ।

चीनले पारिस्थितिक संरक्षण रातो रेखालाई पहिले प्रस्ताव गरेर निश्चित गरी समुद्री क्षेत्रका लागि सुरक्षित प्रणालीको सुधार गर्दैछ। चीनले समुद्र वातावरणको संरक्षण कार्यान्वयनलाई अघि बढाउँदै छ

चीन र विश्वका विभिन्न देशहरू बीच सामुद्रिक पारस्थितिक वातावरण संरक्षणमा सहमति भएको छ। सन् २०१२ देखि चीनले वातावरण तथा स्रोत संरक्षण लगायत अन्तर्राष्ट्रिय नियमहरूको निर्माणमा सक्रिय रूपमा भाग लिएको छ र ५० भन्दा बढी देशहरू तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग बेल्ट एण्ड रोड संयुक्त निर्माणको सहयोग सम्झौताका लागि हस्ताक्षर गरेको छ। चीनले विभिन्न प्रकारका ८०० भन्दा बढी प्रस्तावहरू अन्तर्राष्ट्रिय संस्थाहरूमा पेश गरेको छ।