केही समयअघि चीनका राष्ट्राध्यक्ष सी चिनफिङले कजाकिस्तानमा शाङहाइ सहयोग संगठन (एससीओ) का राष्ट्रनायक परिषदको २४ औँ बैठकमा सहभागी हुँदै महत्वपूर्ण सम्बोधन गर्नुभयो। चीनले एससीओको वर्तमान अध्यक्षता लिएको छ। जुलाई १२ तारिख चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता चाङ स्याउकनङले त्यसबारे जानकारी दिनुभएको हो।
उहाँका अनुसार, एससीओको अस्ताना शिखर सम्मेलनले बेलारुसलाई सदस्यता दिन स्वीकार गरेको छ। जसबाट एससीओको सदस्य १० पुगेको छ। चीनले एससीओको वर्तमान अध्यक्षता लिएको छ। केही वर्षयता सदस्य देशका राष्ट्रनायकको नेतृत्वमा शाङहाइ सहयोग संगठनको रक्षा कार्यको सहकार्यमा उपलब्धि फलदायी भएको छ।
१ रणनैतिक आदानप्रदान निरन्तर सबल पारिएको छ।
२ संस्थागत बैठकले आदानप्रदानलाई सहज बनाएको छ।
३ व्यावहारिक सहयोगको उपलब्धि स्पष्ट देखिएको छ।


