नयाँ युगमा चीनको सुधार नीतिबारे बुझाइको पहिलो भाग
2024-07-12 14:34:33cri
Share with:

 

अत्यन्त कठिनाईको सामना गर्दै अति टाढाको लक्ष्य हासिल गर्नु

 

क्वाङ तोङ प्रान्तको शन चन शहर, चीनको सुधार र खुला नीतिका प्रमुख डिजाइनर तङ स्याउ फिङले सन् १९७८ मा स्थापना गरेको चीनको पहिलो आर्थिक विशेष क्षेत्र हो। ३० वर्षको छोटो समयमा त्यो ३० हजारभन्दा कम जनसंख्या भएको एउटा सानो समुद्री गाउँबाट लगभग १ करोड ८० लाख जनसंख्या भएको विश्वस्तरीय आधुनिक महानगरमा विकास भएको छ। यसको वार्षिक औसत जीडीपी वृद्धिदर २४.८% रहेको छ, जसले " शन चन चमत्कार" सिर्जना गरेको छ र त्यो चीनको सुधार र खुलापनको एउटा प्रतीक बनेको छ।

 

पछिल्ला वर्षहरूमा, चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सोङ वंशकालका साहित्यकार सु सको कविता “अत्यन्त कठिनाईको सामना गर्दै अति टाढाको लक्ष्य हासिल गर्नु”लाई उद्धृत गर्दै नयाँ युगका सुधारकहरूको इच्छा व्यक्त गर्नुभएको छ। उहाँले प्रस्ताव गरेको व्यापक गहिरो सुधारको रणनीतिक योजना, सन् १९७८ मा चीनले सुधार र खुला नीति लागू गरेदेखि अहिलेसम्मको सबैभन्दा समृद्ध, व्यापक र प्रणालीगत सुधार योजना बनेको छ।

 

यस वर्ष चिनियाँ कम्युनिष्ट पार्टीको बीसौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकको पूर्वसन्ध्यामा, राष्ट्राध्यक्ष सी चिनफिङले उद्यमीहरूसँगको बैठकलाई सम्बोधन गर्दै "सम्पूर्ण गहिरो सुधारका लागि चिनियाँ शैलीको आधुनिकीकरणलाई प्रवर्द्धन गर्नुपर्ने”कुरामा जोड दिनुभयो।