चीनका राष्ट्राध्यक्ष र सोलोमन टापुका प्रधानमन्त्रीबीच भेटवार्ता
2024-07-12 19:56:39CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जुलाई १२ तारिख दिउँसो पैचिङको जन वृहत् सभा भवनमा चीनको भ्रमणमा रहनुभएका सोलोमन टापुका प्रधानमन्त्री जेरेमियह मानेलेसँग भेटवार्ता गनुभएको छ।

राष्ट्राध्यक्ष सीका अनुसार, चीनले सधैँ स्वतन्त्र शान्तिपूर्ण वैदेशिक नीतिको पालना गरेर विभिन्न देशहरू जो ठूला वा साना, बलियो वा कमजोर, समृद्ध वा गरिब भए तापनि सबै समान छन्। चीनले सोलोमन टापुलगायत प्यासिफिक टापु राष्ट्रहरूसँग मैत्रीपूर्ण सहकार्य गर्नु साँच्चिकै टापु राष्ट्रहरूको विकासका लागि सहयोग गर्नका लागि हो। दक्षण-दक्षिण सहयोगको प्रारूपमा रहेको पारस्परिक सहयोग हो र विश्वको दक्षिणको साझा विकासको स्वरूपमा रहेको हो। यस्तो सहकार्य तेस्रो पक्षमाथि लक्षित नभएको र कुनै स्वार्थका लागि पनि नभएको उहाँले स्पष्ट पार्नुभयो। 

दुई पक्षले “चीन र सोलोमन टापुको संयुक्त वक्तव्य” प्रकाशित गरेर दुई देशबीच नयाँ कालमा आपसी सम्मान र साझा विकास हुने चौतर्फी रणनीतिक साझेदारी सम्बन्धलाई गहन पारेर चीन र सोलोमन टापुको भाग्य समुदायको निर्माण गर्ने कुरामा सहमति गरेका छन्।