

 
इक्वेटोरियल गिनीबाट आएकी युवती ङुएमा एन्गुइ नाटीभिडाद एयाङले सानैदेखि चिनियाँ सँस्कृतिलाई माया गर्थिन्। हाल उनी चीनको चोङ नान विश्वविद्यालयअन्तर्गत सफ्टवेयर इञ्जिनियरिङ विषयकी विद्यार्थी हुन्। चीनमा एयाङको अध्ययन प्रक्रिया उनको हुर्काइको साक्षी हुनुका साथै चीन र अफ्रिकाको मैत्रीपूर्ण सहयोगको सूक्ष्म छवि हो।
“सानै उमेरमा मैले फरक सँस्कृति र भाषाप्रति चासो लिएकी थिएँ। अध्ययनका लागि चीन जानु मेरो सपना थियो। चिनियाँ भाषाको अध्ययनमार्फत फरक सँस्कृतिको आदान-प्रदान र समझदारी खास गरी मेरो देश इक्वेटोरियल गिनी र चीनबीचको आदान-प्रदानलाई बढाउनसक्ने विश्वास मैले लिएकी छु।”
एयाङको अध्ययन गर्न चीन जाने सपना बाह्यक्रममा रोपिएको एक बिउबाट आएको थियो। सानो उमेरमा एयाङकी आमाले धेरै पटक चीनको भ्रमण गर्नुभएको थियो। आमाले चीनमा उत्पादित सामान ल्याउनुका साथै चीनसम्बन्धी रमाइलो कथा ल्याउनुभएको थियो। एयाङ भन्छिन् “सानो उमेरमा मेरी आमा धेरै पटक चीन जानुभयो। घर फर्कनुभएपछि उहाँले मलाई उहाँको अनुभव सुनाउनु हुन्थ्यो। उहाँकाअनुसार, चिनियाँहरू निकै उत्साही छन्। चीन एक मैत्रीपूर्ण देश हो। चीनको सँस्कृति प्रशस्त छन्। आमाले मलाई केही चिनियाँ परम्परागत उपहार पनि ल्याइदिनु हुन्थ्यो। त्यस बेलादेखि नै मैले चिनियाँ सँस्कृतिबारे चासो लिन थालेकी हुँ।”
सन् २०२० मा एयाङले चोङ नान विश्वविद्यालयको स्वीकृत पत्र पाइन्। योसँगै उनले चीन गएर अध्ययन गर्ने मौका पाइन्। उनले सफ्टवेयर ईन्जिनियरिङ विषयको अध्ययन गरिन्। उनी भन्छिन् “म चीन आउँदा चीनको विकसित प्रविधि देखेँ। यसले मेरो प्रविधिप्रतिको चासोलाई उत्साहित गर्यो। हामीले कोडद्वारा धेरै परियोजना बनाउनसक्ने छौँ। यसको मेरो मनमा गहिरो छाप परेको छ। त्यसैले मैले सफ्टवेयर ईन्जिनियरिङलाई मेरो विषय बनाएँ। किनभने मलाई एक कम्प्युटर ईन्जिनियर बन्ने चाहना छ। हाल मैले जटिल प्राविधिक समस्याको समाधान गर्न जानेकी छु। मेरो क्षमता बलियो बनेको छ। मैले कम्प्युटर विकासको ज्ञान पढेकी छु। हाल म कम्प्युटर विज्ञान तथा प्रविधिसम्बन्धी परियोजनामा संलग्न छु।”
विश्वविद्यालयमा ज्ञान सिक्नेबाहेक, एयाङले चीनको प्रशस्त र बहुपक्षीय सँस्कृतिबारे जानकारी लिन चीनका विभिन्न भागको भ्रमण पनि गरेकी छिन्। सन् २०२१ को गृष्मकालीन विदामा एयाङले तुर्कमेनिस्तान, नाइजेरिया, अफगानिस्तान, युक्रेनका सहपाठीसँग हु नान प्रान्तीय युङ चौ शहर च्याङ व्हा याउ जातीय स्वशासित जिल्लाको भ्रमण गरेकी थिइन्। च्याङ व्हा याउ जातीय स्वशासित जिल्ला चोङ नान विश्वविद्यालयले सहयोग गरेको जिल्ला हो। उनले कृषिको विकास, इ-वाणिज्य स्ट्रिमिङ, सँस्कृति तथा पर्यटन, रीतिरिवाजको उत्तराधिकारआदि क्षेत्रहरुबाट ग्रामीण पुनरुत्थानको अनुसन्धान गरिन्। उनले साँच्चै चीनबारे गहिरो रुपमा जानकारी लिएकी छिन्।


