सीएमजीद्वारा पेरिस ओलम्पिक खेलकुदको अग्रपङ्क्ति रिपोर्ट समूहको शुभयात्रा समारोहको आयोजना
2024-07-12 14:59:22CRI
Share with:

 

जुलाई १२ तारिख चाइना मिडिया ग्रुपले पेरिस ओलम्पिक खेलकुदको अग्र रिपोर्ट समूहको शुभयात्रा समारोहको आयोजना गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार प्रसार विभागका उपप्रमुख एवम् चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाई स्योङले सम्बोधन गर्दै रिले प्रसारण टोली, प्राविधिक ग्यारण्टी टोली र बजार विस्तार टोलीलाई झण्डा वितरण गर्नुभएको छ। 

महानिर्देशक शन हाई स्योङका अनुसार, चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक शुरू हुनुअघि सीएमजीको पेरिस ओलम्पिक रिले प्रसारण रिपोर्ट समूहले तत्परताका साथ गन्तव्यतर्फ प्रस्थान गरेको छ। पेरिस ओलम्पिक खेलकुद नयाँ चीन स्थापनाको ७५ औँ वार्षिकोत्सवकै अवसरमा आयोजना हुनलागेको खेलकुद समारोह तथा चीन-फ्रान्स दौत्य सम्बन्ध कायम भएको ६० औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिने विशाल खेलकुद र सांस्कृतिक आदानप्रदान गतिविधि पनि हो। जुन नयाँ युगमा चिनियाँ खेलाडीको छवि देखाउने र चिनियाँ खेलकुद भावनाको प्रचार प्रसार गर्ने एक महत्वपूर्ण झ्याल हो। 

प्राप्त जानकारी अनुसार ३३ औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुद यसै जुलाई २६ देखि अगष्ट ११ तारिखसम्म पेरिसमा आयोजना गरिने छ।