वाङ यी र नेदरल्यान्डका विदेशमन्त्री फेल्डकाम्प बीच फोनवार्ता
2024-07-12 15:23:04CRI
Share with:

११ तारिख, चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनैतिक व्यूरोका सदस्य तथा परराष्ट्र मन्त्री वाङ यीले नेदरल्यान्डका नयाँ विदेशमन्त्री फेल्डकाम्पसँग फोन वार्ता गर्नुभएको छ।

वार्ता क्रममा, वाङ यीले चीनले नेदरल्यान्डसँगको सहयोग मजबुत बनाउँदै संयुक्त रूपमा विश्व उत्पादन तथा आपूर्ति श्रृङ्खलालाई स्थिर रूपमा कायम राख्न इच्छुक रहेको व्यक्त गर्नुभयो। उहाँले जोड दिनुभयो, चीनले समानताको आधारमा उत्तर एटलान्टिक सन्धि संगठनसँग सम्पर्क राख्न र पारस्परिक सम्मानको आधारमा छलफल गर्न इच्छुक छ

नेदरल्यान्डका विदेशमन्त्री फेल्डकाम्पले चीन विश्वको एक महत्वपूर्ण शक्ति भएको र एशियामा नेदरल्यान्डको मुख्य आर्थिक तथा व्यापारिक साझेदार भएको व्यक्त गर्नुभयो। दुई पक्षले द्विपक्षीय तथा बहुपक्षीय विस्तृत विषयहरूमा पारस्परिक लाभका सहकार्य गर्नसक्ने औँल्याउँदै जटिल परिवर्तन भइरहेको विश्वमा नेदरल्यान्डले चीनसँग डिकपलिङको मान्यता नराख्ने र चीनसँग निरन्तर छलफल गर्दै व्यावहारिक नेदरल्यान्ड-चीन सम्बन्धको विकास गर्ने इच्छा रहेको बताउनुभएको छ।