चीनका राष्ट्राध्यक्ष र भानुआतुका प्रधानमन्त्रीबीच भेटवार्ता
2024-07-12 19:45:40CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जुलाई १२ तारिख दिउँसो पैचिङको जन वृहत् सभा भवनमा चीन भ्रमणमा रहनुभएका भानुआतुका प्रधानमन्त्री चार्लोट शाल्वीसँग भेटवार्ता गनुभएको छ। 

राष्ट्राध्यक्ष सीका अनुसार, चीनले ठूला र साना देश समान हुने, ठूला देशको प्रतिस्पर्धा नगर्ने, भूराजनीतिक प्रभावक्षेत्र नखोज्ने, अरू देशको आन्तरिक मामिलामाथि हस्ताक्षेप नगर्ने र अरू देशलाई पक्ष छान्न नलगाउने गरी सधैं इतिहासको उचित पक्षमा तथा निष्पक्ष र न्यायको पक्षमा उभिनेछ। संयुक्त राष्ट्र संघमा चीनको टिकट सधैँ विकासुन्मुख देशका लागि हो। 

दुई पक्षले “चीन र भानुआतुको संयुक्त वक्तव्य” प्रकाशित गरेर दुई देशबीच चौतर्फी रणनीतिक साझेदारी सम्बन्धलाई उकासेर नयाँ कालमा चीन र भानुआतुको भाग्य समुदायको निर्माण गर्ने कुरामा सहमति गरेका छन्।