एघारौँ पैचिङ स्याङशान मञ्च सेप्टेम्बरमा हुने
2024-07-12 16:05:22CRI
Share with:

एघारौं पैचिङ स्याङशान मञ्च सेप्टेम्बर १२ तारिखदेखि १४ सम्म पैचिङमा सुरू हुनेछ। यो मञ्चको मुख्य विषय “साझा शान्तिको निर्माण गर्दै भविष्य सिर्जना” रहेको छ। हाल चीनले १०० भन्दा बढी देशहरू, अन्तर्राष्ट्रिय संगठनका प्रतिनिधिहरू र प्रसिद्ध विशेषज्ञ तथा विद्वानहरूलाई निमन्त्रणा पठाएको छ। मञ्चको तयारी कार्य सुचारू र नियमित रहेको छ। 

चिनियाँ रक्षा मन्त्रालयअन्तर्गत सञ्चार विभागका उपप्रमुख एवम् रक्षा मन्त्रालयका प्रवक्ता वरिष्ठ कर्नेल चाङ स्याउकाङले जुलाई १२ तारिख उक्त जानकारी दिनुभएको हो।