पेरिस ओलम्पिक खेलकुदका लागि चिनियाँ खेलकुद प्रतिनिधि मण्डल
2024-07-13 16:22:23CRI
Share with:

पेरिस ओलम्पिक खेलकुदका लागि चिनियाँ खेलकुद प्रतिनिधि मण्डल जुलाई १३ तारिख पैचिङमा स्थापना भएको छ।

प्रतिनिधि मण्डल ७१६ जनाबाट गठित हो। त्यसमध्ये १३६ जना षुरूष खेलाडी र २६९ जना महिला खेलाडी लगायत कुल ४०५ जना खेलाडी छन्।

खेलाडीको सरदर उमेर २५ वर्ष रहेको छ भने सबैभन्दा बढी उमेर ३७ वर्ष र सबै कम ११ वर्ष रहेको छ।

खेलाडीहरूमध्ये ४२ जना ओलम्पिक खेलकुदको स्वर्ण पदक विजेता छन्। २२३ जना पहिलो पटक ओलम्पिक खेलकुदमा भाग लिँदै छन्। खेलाडीहरूमध्ये २६ जना अल्पसंख्यक जातिका हुन्। उनीहरू मंगोलिया, ह्वी, तिब्बती, युगुर, कोरियाली लगायत १२ अल्पसंख्यक जातीय हुन्।