चिनियाँ जन काँग्रेसको वैदेशिक मामिला समितिद्वारा वक्तव्य प्रकाशित गर्दै अमेरिकी कदमको विरोध
2024-07-13 17:32:21CRI
Share with:

अमेरिकाले कथित “तिब्बतसम्बन्धी कानुन” पारीत गरेर हस्ताक्षर गरेको विषयबारे चिनियाँ जन काँग्रेसको वैदेशिक मामिला समितिले जुलाई १३ तारिख एउटा वक्तव्य प्रकाशित गरेको छ।

वक्तव्यका अनुसार, स्थानीय समय जुलाई १२ तारिख अमेरिकाले चीनबाट गरिएको कडा विरोध र गम्भीरताका साथ वार्ताको वेवास्ता गरेर कथित “तिब्बतसम्बन्धी कानुन” पारित गरेर त्यसमा हस्ताक्षर गरेको छ। जसले चीनको आन्तरिक मामिलामाथि कडा हस्तक्षेप गर्नुका साथै चीनको हितमाथि गम्भीर क्षति पुर्याएर “तिब्बत स्वतन्त्रता” शक्तिलाई गम्भीर गलत सूचना दिएको छ। चिनियाँ जन काँग्रेसले त्यसको दृढताका साथ विरोध र कडा निन्दा गरेको छ।

तिब्बत प्राचीन कालदेखि चिनियाँ भूभागको अविभाज्य भाग हो। तिब्बत मामिला चीनको आन्तरिक मामिला हो र जुनसुकै बाह्य शक्तिबाट हस्तक्षेप गर्न सक्दैन। वर्तमान तिब्बतको स्थिरता र विकास इतिहासमा सबैभन्दा राम्रो कालमा रहेको छ। जुनसुकै व्यक्ति वा शक्तिले तिब्बतलाई अराजक बनाएर चीनको प्रतिरोध गर्ने दुष्प्रयास सफल हुँदैन।

चीनले अमेरिकासँग व्यावहारिक गतिविधिमार्फत् आफ्नो बचनवद्धताको पालना गरेर उक्त कानुन लागु नगर्न ताकिता गरेको छ। यदि अमेरिकाले अरूको वेवास्ता गरी कानुन कार्यान्वय गरेमा चीनले आफ्नो सार्वभौमिकता, संरक्षण र विकास हितको रक्षा गर्न अवश्य नै बलियो कदम चाल्नेछ।