लोकप्रिय "चीन भ्रमण" बाट एक फरक चीनलाई बाहिर निकालियो
2024-07-13 19:19:27CRI
Share with:

"तिब्बत चीनको सुन्दर ठाउँ मात्र होइन, विश्वकै सुन्दर ठाउँ नै हो। मलाई यो ठाउँ निकै मन पर्छ।" नेपालका लोकप्रिय गायक नरहरि उपाध्यायले हालै चीनको तिब्बतमा यस्तो प्रस्तुति दिएका छन्।

हालसालै, धेरै विदेशी पर्यटकहरू चीन आएका छन् र "चीन भ्रमण" विषय नै अनलाइन र अफलाइन दुवै फ्ल्याटफर्ममा नयाँ उचाइमा पुगेको छ। केवल "विदेशीहरूले भरिएको चीनका सुन्दर स्थानहरू" भन्ने अवस्था देखा पर्नुका साथै "चाइनाट्राभल" लेबलसमेत यात्रा भिडियोहरू पनि विदेशी सामाजिक सञ्जालमा पनि उच्च लोकप्रिय भएका छन्। चीन भ्रमणमा आएका विदेशी पर्यटकहरूले स्वतःस्फुर्त रूपमा चिनियाँ खाना तथा सुन्दर दृश्यको प्रशंसा र प्रचार गर्दै "चीनको सौन्दर्य" को सबैभन्दा बलियो प्रवक्ता बनेका छन्।

सुन्नुभन्दा देख्नु विश्वासिलो हुन्छ। यसले हाम्रो अनुभूतिलाई ताजा बनाउन मद्दत गर्दछ र चीनमा रहेर वास्तविक चीनलाई अझ राम्ररी बुझ्न सकिन्छ। वास्तवमा, "चीन भ्रमण" धेरै विदेशीहरूका लागि "पूर्वाग्रह-मुक्त" यात्रा पनि बनेको छ र "फरक अनुभव प्राप्त" हुनु नै चीनका सुन्दर नदीहरू र पहाडहरूको आनन्द उठाएपछि धेरै विदेशी पर्यटकहरूका लागि सबैभन्दा सहज अनुभव हो। चीन भ्रमण गरेका केही विदेशी ब्लगरहरूले "पश्चिमी मिडियाद्वारा धोखा" खाएको रहेछ भन्ने कुरा पनि व्यक्त गरेका छन्। चीन भ्रमणपछि अस्ट्रेलियाकी ब्लगर जोसीले यसरी लेखेकी छिनः  पहिले समाचार र रिपोर्टहरूबाट चीनबारेमा "कति संकीर्ण धारणा" स्थापित गरेको रहेछ।

धेरै भन्दा धेरै विदेशीहरू चीनको शहरी परिदृश्य र सांस्कृतिक जीवनको विविध अन्वेषण गर्न चीनको विशाल भूमिको गहिराइमा जाँदैछन्। ती विदेशी ब्लगरहरूको लेन्समा, रातको समयमा बेइजिङमा ल्याङ्मा नदीको चमकदार बत्तीहरू, शाङहाईको सडकमा पाइने घरमा पकाएको खाना, शनचनमा ड्रोन डेलिभरी सेवा, र "साइबर वुहान" अप्टिक्स भ्याली एयर रेल र विज्ञान तथा प्रविधिले भरिएको ड्राइभरलेस ट्याक्सीहरू छन्। ट्राभल विथ एके नामक भारतीय ब्लगर सिन्च्याङ युगुर स्वायत्त प्रदेशमा सदरमुकाम उरुमुछीको सफा र विकास देखेर उनी स्तब्ध भएका छन्। हुनान प्रान्तीय चाङच्याचेलाई विशेष गरी कोरियाली पर्यटकहरूले मन पराउँछन्, यतिसम्म कि कोरियामा एउटा लोकप्रिय भनाइ छ: आमाबाबुलाई वास्तविक रुपमा माया गर्ने हो भने चाङच्याचेमा पठाउनुहोला। नेपालको काठमाडौँबाट आएकी समा थापाले हालै १,३०० वर्षको इतिहास बोकेको चच्याङ प्रान्तीय वुचनमा घुम्दा व्यक्त गरेको विचार यस्तो छ: "वुचनको भ्रमणपछि आफ्नो संस्कृति, परम्परा र वासस्थानलाई अझै पनि संरक्षण गर्दा आधुनिक सुविधाहरू प्राप्त गर्न सक्ने मैले देखेँ। वुचन कति सुन्दर छ!” प्राप्त पछिल्लो तथ्याङ्क अनुसार, चीन भ्रमण गरेका ८६ प्रतिशत विदेशी पर्यटकहरूले सोच्छन् कि भुक्तानी अधिक सुविधाजनक छ, र चीनमा कुनै पनि समय र कहीँ पनि भुक्तानी गर्दा सहजसँग स्क्यान गर्नु नै घुमफिर गर्ने धेरै विदेशी मित्रहरूमाझ नयाँ फेसन बनेको छ।

"सुरक्षित, आधुनिक, शान्त, सफा, स्वादिष्ट, स्वागत योग्य, दयालु" भन्ने शब्दहरु विदेशी ब्लगरहरूको भिडियोमा बारम्बार आउने शब्दहरू हुन्। इराकी अहमद जब्बार चीनमा आएर फुड ब्लगर बने। चालु वर्षको वसन्त चाडको समयमा झ्यालबाहिर पटाकाको आवाज सुन्नेबित्तिकै उनलाई रिफ्लेक्सिभ रूपमा उठेर लुक्न थाले। युद्धले तहसनहस पारेको आफ्नो जन्मथलो इराकको तुलनामा चीनमा पाएको आनन्द र शान्तिले अनगिन्तीहरूलाई धेरै भावुक बनाएको छ। बेलायतका एक जना नेटिजेन चीनबाट फर्केपछि चीनको बारेमा सबैभन्दा बढी के याद गर्नुभयो भन्ने प्रश्नमा उनले बताए "सडकको छेउछाउमा खसीको सेकुवा हो", स्वादिष्टताको कारण मात्र होइन बरु सेकुवा खाँदाको आनन्दमय वातावरण र स्थानीयहरूको जीवनमा देखाइने जीवन्त शक्तिको कारण पनि हो।

चीनका आधिकारिक तथ्याङ्क अनुसार, यस वर्षको पूर्वार्धमा १ करोड ४६ लाख ३५ हजार विदेशी चीनभरिका नाकाहरुमा प्रवेश गरेका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा १५२.७ प्रतिशतले वृद्धि भएको हो। तीमध्ये ८५ लाख ४२ हजार मानिस बिना भिसा चीनमा प्रवेश गरेका हुन्, जुन गत वर्षको सोही अवधिको तुलनामा १९०.१ प्रतिशतले बृद्धि भएको हो। भिसा-मुक्त "साथीहरूको सर्कल" को निरन्तर विस्तार र मानव आदान-प्रदानको सुविधाको निरन्तर सुधारका साथमा, विदेशी पर्यटकहरू सहजसँग चीनमा आउन सक्छन्। यस वर्षको उत्तरार्धमा पनि चीन आउने विदेशीको संख्या बढ्दै जाने अपेक्षा गरिएको हालै चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्यानले बताउनुभएको छ।

"चीन पर्यटन" को लोकप्रियता केवल चीनको अद्वितीय आकर्षणको कारणले मात्र होइन, चिनियाँ समाजको खुलापन र समावेशिता एवम् जनताको न्यानोपन र मित्रता पनि हो। चीनको उच्च-स्तरीय खुलापनको निरन्तर पदोन्नतिको फल पनि हो। यसबारे चर्चा गर्दै चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्यानले भन्नुभयोः चीनले खुला मनोवृत्तिका साथ विश्वलाई अँगाल्दै आफ्नो नयाँ विकासमार्फत् विश्वमा नयाँ जीवन्त शक्ति ल्याउनुका साथै चीन-विदेशी आदानप्रदानलाई थप गतिशील र घनिष्ट बनाउँदै जाने छ।

आपसी आदानप्रदान र अन्तरक्रियामा सूचनाको अवरोध हटाउँदा मन र मनबीचको दूरी साँघुरो हुँदै जान्छ। यसै क्रममा चीनको विश्वसनीय, सुन्दर र सम्मानजनक छवि बढीभन्दा बढी विदेशीलाई थाहा हुने विश्वास गरिएको छ।