त्रिशूलीमा बेपत्ता बस र यात्रुहरुको वाटर ड्रोन मार्फत खोजी गरिँदै
2024-07-13 16:10:52CRI
Share with:

जुलाई १२ तारिख असार त्रिशुली नदीमा दुई यात्रुवाहक बस दुर्घटनामा परी बेपत्ता भएकाहरुको पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टम सहित खोजीकार्य सुरु भएको छ। र्‍याफ्टबोटमा जडान गरेर पानीभित्रको वस्तुहरु हेर्न सोनार क्यामराले सहयोग पुर्‍याउने सशस्त्रका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताउनु भएको अनलाइन खबरले लेखेको छ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ९ जना गोताखोर सहित २५ जना र नं. १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्त सहित ३५ जनाको सुरक्षा फौज उनीहरुको खोजीकार्यमा परिचालित भएको छ। साथै नेपाली सेना र नेपाल प्रहरी समेत परिचालित रहेका छन्।

वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस भरतपुर महानगरपालिका-२९ सिमलतालमा असार २८ गते बिहान नारायणी नदीमा खसेका थिए।