चीनद्वारा थाइवानलाई हतियार बेच्ने व्यवसाय र व्यक्तिमाथि नाकाबन्दी
2024-07-15 18:06:22cri
Share with:

अमेरिकाले थाइवानतर्फ हतियार बिक्री गरेको सन्दर्भमा हाल चीनले कानुन बमोजिम थाइवानलाई हतियार बिक्री गरेका ६ वटा अमेरिकी सैन्य औद्योगिक व्यवसाय र ५ जना उच्च व्यवस्थापन व्यक्तिमाथि नाकाबन्दी लगाएको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन चेनले १५ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो।

 

प्रवक्ता लिन चेनका अनुसार, अमेरिकाले चीनको थाइवान क्षेत्रतर्फ हतियार बिक्री गरेको कारवाईले गम्भीर रूपमा एक मात्र चीन भन्ने सिद्धान्त र चीन-अमेरिका ३ वटा संयुकत विज्ञप्ति विशेषत: “अगष्ट १७” विज्ञप्ति उल्लङ्घन गर्नुका साथै चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको छ। साथै त्यस कारवाईले चीनको सार्वभौमिकता र भूखण्डको अविच्छिन्नतामाथि गम्भीर रूपमा हानी पुर्याएको छ।

 

थाइवान समस्या चीनको केन्द्रीय हित नै रहेको भन्दै प्रवक्ता लिन चेनले त्यो नै चीन-अमेरिका सम्बन्धका लागि उल्लङ्घन गर्न नसकिने रातो रेखा  रहेको कुरामा पनि जोड दिनुभएको छ।