चालु वर्षको पूर्वार्धमा चिनियाँ जीडीपी वार्षिक रूपमा ५.० प्रतिशतले वृद्धि
2024-07-15 18:04:09cri
Share with:

 

जुलाई १५ तारिख चिनियाँ राष्ट्रिय तथ्याङ्क ब्यूरोले एउटा तथ्याङ्क सार्वजनिक गरेको छ। चालु वर्षको पूर्वार्धमा चीनको जीडीपी ६१६ खर्ब ८३ अर्ब ६० करोड चिनियाँ युआन पुगेको र जुन संख्या गत वर्षको सोही अवधिको तुलनामा ५.० प्रतिशतले बढेको छ।

 

वर्षको पहिलो आधामा, ग्रीष्मकालीन अन्न फसल बम्पर थियो, पशुधन उत्पादन तीव्र रूपमा बढ्यो, उपकरण निर्माण उद्योगले महत्त्वपूर्ण सहयोगी भूमिका खेल्यो र आधुनिक सेवा उद्योगको विकास राम्रो भयो। सामान्यतया चीनको आर्थिक कार्यसम्पादन वर्षको पहिलो आधामा स्थिर हुँदैआएको र रूपान्तरण तथा स्तरोन्नति निरन्तर रूपमा अगाडि बढिरहेको देखिन्छ।