सीपीसीको २० औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकको विश्वव्यापी अर्थः रूसी विद्वानको भनाइ
2024-07-15 18:07:22cri
Share with:

रूसी प्रशान्त सागर विश्वविद्यालय अन्तर्गत शिक्षा प्रतिष्ठानमा कार्यरत् शिक्षा शास्त्र र इतिहास शास्त्रका प्राध्यापक युरी पिकालोभले हाल चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकबारे सीजीटीएनका सम्वाददातालाई अन्तर्वार्ता दिनुभएको छ। त्यस क्रममा उहाँले बितेका १० वर्षयता चीनले आर्थिक र सामाजिक विकास क्षेत्रमा जिवन्त शक्ति देखाउनुका साथै उच्च विज्ञान-प्रविधि र डिजिटलीकरण सम्बन्धी विविध क्षेत्रमा उल्लेखनीय उपलब्धि प्राप्त गर्दै आएको बताउनुभएको छ।

 

प्रा.पिकालोभका अनुसार, चीनका नेता सी चिनफिङले सन् २०२३ मा पहिलो पटक नयाँ गुणस्तरीय उत्पादित शक्ति भन्ने शब्द प्रस्तुत गर्नुभएको थियो। यस शब्दको मुख्य अर्थ उच्च विज्ञान-प्रविधिको अग्रसर विकास भन्ने रहेको छ। वैझानिक र प्राविधिक विकासले मात्र निरन्तर रूपमा अर्थतन्त्रमा जिवन्त शक्ति थप्नसक्नेछ। वैज्ञानिक र प्राविधिक विकासले आर्थिक विकासलाई प्रवर्द्धन गर्नुका साथै अझ राम्रोसँग प्राकृतिक स्रोतको किफायत र संरक्षण गर्नसक्ने कुरा पनि उहाँले जनाउनुभएको छ।