चीन-इरान व्यापक रणनीतिक साझेदारी सम्बन्ध प्रवर्द्धन गर्न नयाँ इरानी सरकारसँग मिलेर प्रयास गर्ने
2024-07-15 18:32:31cri
Share with:

जुलाई १३ तारिख इरानका राष्ट्रपतिमा निर्वाचित पेजेश्कियानले  "तेहरान टाइम्स" पत्रिकामा हस्ताक्षरित लेख प्रकाशित गरी विदेश नीतिको व्याख्या गर्नुभएको छ। उहाँले इरान र चीनबीचको परम्परागत मित्रतालाई इरानले कदर गरेको र नयाँ अन्तर्राष्ट्रिय प्रणालीको निर्माण गर्दै चीनसँगको सहकार्यलाई अझ गहिरो बनाउन तत्पर रहेको अपेक्षा लिनुभएको छ। 

 

जुलाई १५ तारिख चीन परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्यानले नियमित पत्रकार सम्मेलनको आयोजना गर्नुभयो। सान्दर्भिक प्रश्नको जवाफ दिन्दै लिन च्यानले चीन-इरान सम्बन्धमा राष्ट्रपति पेजेश्कियानको भनाइको चीनले प्रशंसा गरेको बताउनुभयो।

 

चीनले चीन-इरान सम्बन्धको विकासलाई ठूलो महत्त्व दिइरहेको र चीन-इरान व्यापक रणनीतिक साझेदारीको स्थायित्व तथा दीर्घकालीन विकासलाई प्रवर्द्धनका लागि नयाँ इरानी सरकारसँग मिलेर प्रयास गर्न चीन इच्छुक रहेको कुरा पनि उहाँले व्यक्त गर्नुभयो।