चीन-युरोप मालवाहक रेलबाट विकासका अवसरहरू
2024-07-16 17:01:05cri
Share with:

 

जुलाई १६ तारिख चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्यानले नियमित पत्रकार सम्मेलनको आयोजना गर्नुभयो। प्रवक्ता लिन च्यानले यस वर्षको सुरुदेखि चीन-युरोप मालवाहक रेलहरूले १० हजार वटा भन्दा बढी रसद बक्स सामानहरू ढुवानी गरेको र यसले वार्षिकरूपमा ११%को वृद्धि भएको जानकारी दिनुभएको छ।

उत्पादन र आपूर्ति श्रृंखलाको स्थिरता सुनिश्चित गर्न र चीन-युरोपबीचको आर्थिक र व्यापार आदान-प्रदान प्रवर्द्धन गर्न थप शक्ति दिएको कुरा पनि उहाँले औंल्याउनुभयो।