चिनियाँ कम्युनिष्ट पार्टीको २०औं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले चीन र विश्वको विकासमा थप निश्चितता दिने
2024-07-16 16:59:27cri
Share with:

 

चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक जुलाई १५ तारिख बिहान पैचिङमा शुरू भयो।

 

वर्तमान चीनको आन्तरिक र अन्तर्राष्ट्रिय वातावरण जटिल र परिवर्तनशील देखिन्छ। चीनले विकासको दिशालाई निरन्तररूपमा बुझ्नुपर्छ र आर्थिक वृद्धिको गुणस्तर र मात्राका साथै शासनको दक्षता र निष्पक्षताबीच सन्तुलन कायम गर्न आवश्यक छ।

 

एजेन्डा अनुसार चिनियाँ कम्युनिष्ट पार्टीको २०औं केन्द्रीय समितिको तेस्रो पूर्ण सत्रले सुधारको नीतिलाई थप गहिरो बनाउने र चिनियाँ शैलीको आधुनिकीकरणलाई प्रवर्द्धन गर्ने विषयमा ध्यान दिने भएको छ। चीन विश्व आर्थिक वृद्धिको इन्जिन, आर्थिक भूमण्डलीकरणको स्तम्भ, विश्व शान्ति र स्थिरताको रक्षक मानिन्छ। चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले चीन र विश्वको विकासमा थप निश्चितता दिनेछ।