अमेरीकाद्वारा गाडी उद्योगको विकास नियमको सामना गर्न आग्रह -मेसिनरी र इलेक्ट्रोनिक उत्पादनको आयात र निर्यातको लागि चिनियाँ उद्योग वाणिज्य संघ (सीसीसीएमई)
2024-07-16 15:22:17CRI
Share with:

चीनको मेसिनरी र इलेक्ट्रोनिक उत्पादन आयात र निर्यातको लागि चिनियाँ उद्योग वाणिज्य संघ(सीसीसीएमई)ले अमेरिकाद्वारा प्रकाशित “मुद्रास्फीति न्यूनीकरण ऐन”मा रहेको नयाँ ऊर्जा गाडीको मुआब्जा कदमहरू चिनियाँ वस्तु तथा उत्पादन श्रृङ्खलाको लागि वास्तविकतामा भेदभाव हुने व्यक्त गरेको छ। सो नियमको उद्देश्य विशेष देशहरूमाथि दबाब दिने र आफ्नै नयाँ ऊर्जा गाडी उत्पादन श्रृङ्खला अनुमोदन दिने हो। वास्तविकतामा, सो नियम प्रकाशित् गरिएपछि, अमेरिकाको इलेक्ट्रोनिक गाडीको बजार र मानवीय उपभोग्य विश्वास दुवैले चुनौतीको सामना गरेका छन्।

चिनियाँ सरकारले चिनियाँ नयाँ ऊर्जा गाडीको उद्योगको वैधानिक विकास अधिकार संरक्षण गर्न अमेरिकाको “मुद्रास्फीति न्यूनीकरण ऐन”मा रहेका नयाँ ऊर्जा गाडीको मुआब्जा कदमहरूको लागि विश्व व्यापार संगठनमा विज्ञ समूहको स्थापना गर्ने माग र कानुनी प्रक्रिया अघि बढाउने दृढताका साथ समर्थन गर्ने कुरा सीसीसीएमई व्यक्त गरेको छ।