हाइटीको स्थितिमा स्थायित्व ल्याउन चीनको प्रयास रहने
2024-07-17 17:00:52cri
Share with:

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्यानले १६ तारिखको नियमित पत्रकार सम्मेलनमा बताउनुभएअनुसार, चीनले हाइटीस्थित संयुक्त राष्ट्र संघको मुख्यालय विस्तारसम्बन्धी संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को ना.२७४३ प्रस्तावलाई समर्थन गरेको छ र त्यहाँको स्थितिमा स्थिरता ल्याउने प्रयास गर्न इच्छुक छ। र

 

लामो समयदेखि संयुक्त राष्ट्र सुरक्षा परिषद्को स्थायी सदस्यको रूपमा चीनले अन्तर्राष्ट्रिय समुदायसँग मिलेर जिम्मेवारीपूर्ण ढंगले हाइटीको समस्यालाई समाधान गर्दै आएको कुरा पनि प्रवक्ता लिनले औंल्याउनुभयो।

 

चीनले हाइटीको स्थितिमा स्थायित्व ल्याउने प्रयास जारी राख्न र समाधानका उपाय खोज्नका लागि हाइटीका जनतालाई समर्थन दिन इच्छुक रहेको कुरा उहाँले व्यक्त गर्नुभयो।