अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा सन् २०२४ मा चीनको आर्थिक वृद्धि प्रक्षेपण, ५ प्रतिशतले वृद्धि हुने अनुमान
2024-07-17 16:35:46cri
Share with:

 

अन्तर्राष्ट्रिय मुद्रा कोषले जुलाई १६ तारिख सार्वजनिक गरेको "विश्व आर्थिक दृष्टिकोण प्रतिवेदन"मा चीनको अर्थतन्त्र सन् २०२४ मा ५ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ। जुन यस वर्षको अप्रिलमा सार्वजनिक भएको प्रक्षेपणको तुलनामा ०.४ प्रतिशतले बढेको छ। साथै, प्रतिवेदनले यो वर्ष विश्वव्यापी आर्थिक वृद्धिदर ३.२ प्रतिशत रहने प्रक्षेपण गरेको छ।

 

उक्त प्रतिवेदनले यो वर्षको पहिलो आधामा विशेषगरी विश्वव्यापी प्राविधिक क्षेत्रको आर्थिक गतिविधि थप सक्रिय भएको देखाएको छ। साथै प्रतिवेदनले यो वर्ष विश्वव्यापी औसत मुद्रास्फीति दर ५.९ प्रतिशत रहने र सन् २०२५ मा ४.४ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको छ।