स्थानीय समयअनुसार जुलाई १६ तारिख सँयुक्त राष्ट्र सँघका लागि चिनियाँ स्थानीय प्रतिनिधि फू छुङले सँयुक्त राष्ट्र सँघीय सुरक्षा परिषदको अन्तर्राष्ट्रिय परिपार्टी तथा बहुपक्षीय सहयोगको सार्वजनिक बहसमा चीनको धारणा व्यक्त गर्नुभएको छ। उहाँका अनुसार हाल अन्तर्राष्ट्रिय राजनीतिको अवरोध,विश्व अर्थतन्त्रको काउन्टर-वैश्वीकरण,अन्तर्राष्ट्रिय व्यवस्थापन खण्डीकरण झन चर्कँदै गएको देखिन्छ। मानव जातिका सामु कता जाने भन्ने ऐतिहासिक छनौट देखापरेको छ। नेटो र केही राष्ट्रहरुले आफ्नो स्वार्थपूर्ति गर्दै आफैँलाई फाइदा सिर्जना गरेतापनि अन्यका हितलाई ध्वस्त गर्ने गतिविधि नगर्ने सल्लाह चीनले गरेको छ। विभिन्न राष्ट्रहरुले ग्लोबल दक्षिणी सामूहिक शक्ति पुनरुत्थान हुँदै गएको ठूलो प्रवृत्तिमा अन्तर्राष्ट्रिय बित्तीय प्रणालीको सुधार,कृत्रिम बुद्धिमान प्रविधिको व्यवस्थापन आदि क्षेत्रमा वास्तविक पाइला सिर्जना गर्न सक्छन्। ग्लोबल उत्पदान आपूर्ति शृङ्खलामा बाधा पुर्याउने केही राष्ट्रहरुको अलत गतिविधिलाई द्दढताका साथ विरोध गर्नुपर्छ।