फिलिपिन्ससित वार्तामार्फत् समुद्री समस्याको समाधान गर्न चीन सधैं प्रयासरत्
2024-07-17 16:15:18cri
Share with:

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन चेनले १७ तारिख नियमित पत्रकार सम्मेलनको अध्यक्षता गर्दै फिलिपिन्ससित वार्तामार्फत् राम्रोसँग समुद्री समस्याको समाधान गर्न चीन सधैं प्रयासरत् रहेको जानकारी दिनुभएको छ।

 

प्रवक्ता लिन चेनका अनुसार, यसै जुलाईको प्रारम्भमा सम्पन्न दक्षिण चीन सागर सम्बन्धी चीन-फिलिपिन्स द्विपक्षीय छलफल व्यवस्थाको नवौँ बैठकमा दुवै पक्षले समुद्र सम्बन्धी दुई देश व्यवस्थालाई पूर्णता दिलाउने विषयबारे वैचारिक आदानप्रदान गरेका थिए।

 

आपसी कूटनीतिलाई सबल पार्ने, समुद्री प्रहरीबीच दक्षिण चीन सागरसँग सम्बन्धित आदानप्रदान र वार्तालाई बढाउने र संयुक्त रूपमा समुद्री परिस्थितिको स्थिरता तथा चीन-फिलिपिन्स सम्बन्धको कुल अवस्थाको संरक्षण गर्ने विषयमा पनि दुवै पक्षले सहमति जनाएका थिए।