प्यालेष्टाइनका विभिन्न समूहबीच मेलमिलापयुक्त वार्ताका लागि अवसर र चौतारोको सिर्जना गर्न चीन इच्छुक
2024-07-17 16:17:29cri
Share with:

प्यालेष्टाइनका विभिन्न समूहबीच मेलमिलापयुक्त वार्ता आयोजनाका लागि अवसर र चौतारोको सिर्जना गर्न चीन इच्छुक रहेको छ। यदि कुनै समाचार छ भने चीनले ठीक समयमा सार्वजनिक गर्नेछ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन चेनले १६ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा हमास र फताहबीच यसै महिना पैचिङमा भेट हुने सन्दर्भमा पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिँदै उक्त कुरा औँल्याउनुभएको हो।

 

चीन र सम्बद्ध विभिन्न पक्षहरूको प्रयास एउटै दिशातिर रहँदै आएको बताउँदै प्रवक्ता लिन चेनले विभिन्न पक्षहरूसँग सम्पर्कलाई मजबुत पारी प्यालेष्टाइनको आन्तरिक मेलमिलाप भन्ने लक्ष्यलाई साकार तुल्याउनका लागि साझा प्रयास गर्दै जान चीन इच्छुक रहेको कुरामा पनि उहाँले जोड दिनुभएको छ।